१७ भाद्र
इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रहरी हिरासतमा दिइएको चरम यातनाको कारण मृत्यु भएका विजय महरा चमारको दोषी प्रहरी लाइ कÞानूनी दायरामा ल्याउनका लागि मांग गर्दै संघर्षमा उत्रेका निरंजन राम र विजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले आन्दोलनका थप कार्यक्रम बुधवार पत्रकार सम्मलेन गरी सार्वजानिक गरेका छन ।
गएको साउन ३१ गते शनिवार रातिको समयमा घाटी रेतेर हत्या गरी फालिएको स्थानीय गरुडा नगरपालिका वड़ा नम्बर ८ बसविटी जिगाडि़या निवासी निरञ्जन रामको हत्या भाद्र १ गते पक्राउ परेका ७ जना मध्ये विजय रामको अनुसन्धानको क्रममा हिरासतमा गरिएको क्रूरतापूर्वक कुटपिटको कारण भाद्र १० गते राति करीव १ बजेको समयमा उपचारको क्रममा मृत्यु भएपछि घटनाको छानविन गरी दोषीलाइ कार्यवाहीको मांग गर्दै दलित समुदायहरुले संघर्षमा उत्रेकाछन ।
इलाका प्रहरी कार्यालयको मुख्य गेटमा धरना र आमरण अनशन जारी रहेको ठाउमा संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको थप कार्यक्रम सार्वजानिक गरेका हुन । रौतहट र बारा जिल्लाका संचारकर्मी सहभागी भएका पत्रकार सम्मेलनमा संघर्ष समिति का संयोजक सोनेलाल रामले निरञ्जन रामको हत्यारा र विजय रामको हत्याको दोषीको कार्यवाही नभए सम्म आन्दोलन नरोकिने भन्दै १० बटा मांग राख्दै कार्यक्रम सार्वजानिक गरेको हो ।
संघर्ष समितिले अघि सरेको १० बुँदे मांगहरुमा प्रहरी हिरासतमा रहेका निर्दोष चार सिकिन्दर पासवान , अजय राम , विबेक यादव र अर्जुन राम लाइ तुरंत रिहा गर्नु पर्ने , मृतक निरञ्जन राम र विजय रामलाइ शहीद घोषणा गर्नु पर्ने , प्रहरी द्वारा हत्या गरिएका विजय रामको मुद्दा दर्ता गरी दोषीलाई कार्यवाही गर , मृतक निरञ्जन राम र विजय रामको परिवारलाई क्षतिपूर्ति देऊ , मृतक निरञ्जन रामको हत्यमा संलग्न रहेका लखन साह र राजगीर साहलाइ अविलम्ब पक्राउ गरी कÞानूनी कार्यवाही गर , मृतक निरञ्जन राम र विजय राम हत्या काण्डलाइ छानविन गर्न दलित आयोग ,मानव अधिकार आयोग सहितको संसदीय उच्च स्तरीय छानविन समिति गठन गर , दलित अगुवा तथा अधिकारकर्मीको ज्यानधनको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने , दलित माथि भैरहेको हिंसा ,हत्या अविलम्ब रोकिनु पर्ने , विजय राम र निरञ्जन राम को सालिक निर्माण गर्नु पर्यो र प्रधानमंत्री ,गृहमंत्री , रक्षा मंत्री , मुख्यमंत्रीलाइ गरुडा आउनु पर्ने रहेका छन ।
संयोजक रामले मांग पूरा नभए सम्म आन्दोलनको कार्यक्रम जारी नै रहने घोषणा गरेका छन । दलितको मुद्दाको समय पार्ने माथि बाट सडयंत्र समेत भैरहेको बताउँदै आफ्नो मुदाबाट एक इंच पनि पछि हटने प्रतिबद्धता जनाउँदै कार्यक्रम सार्वजानिक गरे । सार्वजानिक गरिएको कार्यक्रममा प्रदेश सरकारका मुख्यमंत्री कार्यालय घेराउ गर्ने समेत रहेका छन ।
भाद्र १८ गते सदरमुकाम गौरमा जुलुस प्रदर्शन , जिल्ला प्रसाशन कार्यालय घेराउ , भाद्र १९ गते गरुडामा लाठी झाड़ू जुलुस प्रदर्श र इलाका प्रहरी कार्यालय घेराउ , भाद्र २० गते चन्द्रनिगाहपुर हाइवे देखि गौर सम्म जनप्रदर्शन र रैली गर्ने , भाद्र २१ गते चन्द्रनिगाहपुर देखि गौर सम्म ४२ किलो मीटर लामो हडि़या खपड़ी , चलना ,बेलना ,हसुवा ,खुरपी सहितको जुलुस प्रदर्शन र रैली तथा २२ गते प्रदेश २ को राजधानी जनकपुरमा जुलुस प्रदर्शन र मुख्यमंत्री कार्यालय घेराउको कार्यक्रम सार्वजानिक गरिएको छ ।
हत्यामा संलग्न प्रहरी प्रमुखलाइ निलंबन गर्नु पर्छ पासवान
जनता समाजवादी पार्टीका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामप्रीत पासवानले विजय रामको हत्या सडयंत्र र ठूलो आर्थिक चलखेलको कारण गरिएको दावी गरेका छन ।
बुधवार गरुडामा आयोजना गरिएको पत्रकार सम्मलेनमा सम्वोधन गर्दै दलित नेता पासवानले निरञ्जन रामको हत्यामा संलग्न रहेका सच फलफूल बागवानी नर्सरीका संचालक लखन साह र राजगीर साहलाइ जोगाउँको लागि गरुडा प्रहरीले निर्दोष विजय रामलाइ पक्राउ गरी हिरासतमा मानव अधिकारको घोर उलंघन गर्दै चरम यातना दिएर हत्या गरेको आरोप समेत लगाए ।
निरञ्जन रामको हत्यमा संलग्न रहेकोलाइ कार्यवाही गर्नु पर्ने कीटानी जाहेरी दरखास्त पीडि़त पक्षले लिएर जादा जाहेरी नलिनु , निर्दोष युवाहरुलाई समेत हीरासतमा राखी चरम यातना दिएर हत्या गर्नु पछाडि ठूलो सडयंत्र रहेको पुस्टि भैरहेको बताए ! उनले भने घटनाको प्रकृति हेर्दा ठूलो व्यक्ति र रकमको चलखेल रहेको बुझिएको छ । यकीन गर्न नसकिए पनि डिजाइनले रकमी खेल भएको उहाको भनाइ रहेको छ ।
नेता पासवानले दलित माथि पटक पटक भैरहेको हत्या हिंसा बलात्कारको घटना नियंत्रण नगर्नु राज्य कमजोर भएको टिपण्णी गर्दै नेपाली नागरिकको शांति सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बाम सरकारका नेतृत्व गरिरहेका प्रधानमंत्री केपी शर्मा ओली र गृह मंत्री राम बहादुर थापाले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताए । उहले भने नैतिकता छन भने प्रधानमंत्री र गृह मंत्रीलाइ राजीनामा दिनु पर्छ ।
संचारकर्मीहरुको प्रश्नको जवाव दिदै नेता पासवानले कार्यालय प्रमुखलाइ निलंबन नगरी आदेशको पलना गर्ने जूनियर प्रहरी अधिकृत र कर्मचारीको निलंबन गर्नु पनि आन्दोलनलाइ मथर पर्ने सडयंत्र भएको ठोकूवा समेत गरे । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका प्रहरी कर्मचारी हिरासतमा रहेका आरोपितलाइ विना आदेशको कसरी गरुडा आयो भने प्रश्न समेत गरे ।
तल्लो स्तरको कर्मचारीको निलंबन गर्दैमा समस्या समाधान नहुने भन्दै आदेश दिने रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खडका र इलाका प्रहरी कार्यालयको प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोलाइ पनि तत्काल निलंबन गरी हिरासतमा राख्नु पर्ने मांग गरे ।
निरञ्जन राम हत्या काण्डको सत्य तथ्य छानविन नै नगरी निर्दोष व्यक्तिहरूलाई पक्राउ गरी दलित माथि ठूलो अन्याय गरेको जिकिर गर्दै प्रहरी प्रमुख सहित विजय रामको हत्याको घटनामा संलग्न भएका सवै प्रहरीलाइ निलंबन गर्नु पर्ने उल्लेख गरे । तीन जनाको निलंबनले आन्दोलन नरोकिने झन चर्किने चेतावनी पासवानले दिएका छन ।
विजय रामको हत्या आरोपमा प्रहरी निरीक्षक सहित तीन जना निलंबन
इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी हिरासतमा रहेका स्थानीय गरुडा नगरपालिका वड़ा नम्बर ८ बसविटी जिगाडि़या निवासी २० वर्षीय विजय महारा चमारको कुटपिट गरी हत्या गरिएको घटनाको आरोपमा एक जना प्रहरी निरीक्षक सहित तीन जना प्रहरी निलम्बन गरिएको छ ।
गएको साउन ३१ गते राति हत्या गरिएको सोही वड़ाका २० वर्षीय निरंजन रामको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको ७ जना मध्ये विजय राम एक हुन ।
अनुसन्धानको लागि हिरासतमा राखिएको अभियुक्त रामलाइ भाद्र ९ गते राति गरेको निर्ममता पूर्वक कुटपिटबाट १० गते राति करीव १ बजेको समयमा उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएपछि घटनाको छानविन गरी दोषी प्रहरीलाइ कार्यवाहीको मांग गर्दै गरुडामा दलित समुदायका व्यक्तिहरुले गरेको आन्दोलनको स्वरुप तिनै जना प्रहरी कर्मचारीलाइ ६ महीनाको लागि निलम्बन गरिएको हो ।
प्रहरी हिरासतमा चरम यातना सदा पोशाकमा आएका प्रहरीले दिएको भनी मृतक विजय रामले मर्नु अघि गरेको भिडिओ दावी गरेको छ ।
पक्राउ परेका प्रतिवादी मृतक विजय महरा समेतको सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्र.नि. नविन कुमार सिंह, प्र.ह. हिरोज मियाँ धुनिया र प्र.ह. मन्नु कुमार सिंहलाई उक्त घट्नाको सम्बन्धमा प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गर्नको लागि गरिएको अनुरोध वमोजिम प्र.नि. नविन कुमार सिंहलाई गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७७।०५।१५ गतेको निर्णयानुसार गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाको च.नं.८९ मिति २०७७।०५।१५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिको लागि निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाका आरोपित प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको च.नं.३२५ मिति २०७७।०५।१५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि समेत निलम्वन गरिएको छ ।
आमरण अनशन बसेका पूर्व मंत्री पासवानको स्वास्थ्य अवस्था विग्रिदै
प्रहरी हिरासतमा प्रहरी द्वारा दिइएको चरम यातनाको कारण मृत्यु भएका विजय रामको हत्यामा संलग्न रहेका प्रहरीको कार्यवाहीको मांग गर्दै दलित जनजाति पार्टीका नेता एवं पूर्व मंत्री विश्वेन्द्र पासवान गत ५ दिन देखि इलाका प्रहरी कार्यलय गरुडाको अगाडी आमरण अनशनमा बसेका छन ।
घटना भएको दिन देखि प्रदर्शनमा उत्रेका दलित समुदायहरुले आन्दोलन जारी राखेको छ । आन्दोलनलाइ थप ऊर्जा प्रदान गर्ने उदेश्यले आमरण अनसन शुरू गरेका पूर्व मंत्री पासवानको स्वास्थ्य अवस्था दिन प्रति दिन विग्रिदै गएको छ । एक हप्ता देखि प्रहरीको विरुद्धमा आन्दोलन जारी रहदा पनि संघीय सरकार तथा प्रदेश सरकार समेतले कुनै चासो नलिएको पासवानको आरोप रहेको छ ।
स्वास्थ्य अवस्था खराव भएको कारण लामो कुरा गर्ने अवस्था नरहेपनि पत्रकार सित संक्षिप्त कुरा गर्दै पासवानले विजय राम र निरञ्जन राम हत्या काण्डमा संलग्न रहेका व्यक्ति प्रहरी प्रमुख ,प्रहरी कर्मचारीलाइ कार्यवाही नभए सम्म आफ्नो आन्दोलन जारी नै राख्ने अड़ान गरे । निरञ्जन रामको हत्यारालाइ जोगाउने कार्य निंदनीय रहेको भन्दै पासवानले सच बागवानीका संचालक लखन साह र राजगीर साहलाइ पक्राउ गर्नु पर्ने मांग समेत गरे ।
सच बागवानीमा काम गर्दै आएका निरंजन रामको हत्या लखन साहको प्रत्यक्ष संलग्नतामा भए पनि प्रहरीले अपराधी जोगाउन निर्दोष युवालाइ पक्राउ गरी यातना दिइएर बालजवर्दस्ती अपराध स्वीकार गर्न लगाएको उहाको भनाइ रहेको छ । भाद्र १६ गते देखि जनता समाजवादी पार्टीका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य राम प्रीत पासवानले पनि आमरण अनसन शुरू गरेका छन ।
जिल्लामा कोभीड़ १९ को संक्रमण नियंत्रण रोकथामको लागि भाद्र २१ गते सम्म निषेधाज्ञा जारी रहेको भएपनि आन्दोलनकारीहरुले निषेधज्ञाको अवज्ञा गर्दै प्रदर्शनको कार्यक्रम जारी राखेको छ ।
हजारो हजारको संख्यामा आउने प्रदर्शनकारीहरुले प्रहरीको विरुद्धमा चर्को नारावाजी गर्दै प्रदर्शन गर्ने गरेको हो ! साउन २४ गते देखि शुरू गरिएको निषेधज्ञाको अवधिमा नै रौतहटमा दुइ सत्तामा ४ जनाको हत्याको घटना घटेको छ ।
३१ गते भएको निरञ्जन रामको घटनामा ७ जना पक्राउ परे पनि भाद्र ३ गते माधव नारायण नगरपालिका २ खेसरहियामा रहेका हनुमान मंदिरको पुजारी श्रीराम साहको गोली हानि गरिएको हत्यामा संलग्न भएकालाइ प्रहरीले अहिले सम्म पता लगाऊंन सकिएको छैन । गढ़ीमाई नगरपालिकामा हत्या गरी फालिएको दलित महिलाको हत्यामा संलग्न भएकोलाइ पनि प्रहरी समात्न सकेका छैन ।