रौतहट २७ साउन
नेपाल मानव अधिकार संगठन जिल्ला कार्य समिति र मेची महाकाली संयुक्त बुहारी आवाज जिल्ला कार्य समित रौतहटको संयुक्त आयोजना मा बुधवार मानव अधिकार शिक्षा सम्मान कार्यक्रम रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
मानव अधिकारको संरक्षणको लागि कार्य गर्ने व्यक्तिलाइ सम्मान गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सुरक्षा निकायका प्रमुख ,महिला अधिकारकर्मी ,संचारकर्मीहरुलाई मायाको चिनोबाट सम्मानित गरिएको छ ।
निलहरि कोइरालाको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले मानव अधिकारको संरक्षण सम्वर्धन र पालना गर्नु गराउनु सवैको कर्तव्य भएको बताउनु भएको छ । नेपालको संविधानमा मौलिक हकमा व्यक्तिको बच्ने अधिकार , बोल्ने स्वतन्त्रता , स्वाश्थ्य , शिक्षा , आवास , खाध्य लगायतको व्यवस्था गरिएकोले व्यक्तिको मौलिक हकको पालना गर्नु पर्ने जोड दिए ।
मानव अधिकारको हननको घटना बढ्दै जानु दुखद भएकोले यसको प्रति राज्यका सवै अंग र सरोकारवाला सचेत हुनु पर्ने उहाको धारणा रहेको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षक शाह , मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश २ का प्रदेश संयोजक पुजा पाठक तिमिल्सिना , सह संयोजक अन्जना पन्त कडरिया , महिला तथा बाल बालिका सेवा केन्द्र गरुडाका प्रहरी सहायक निरीक्षक फुलमाया गुरि , मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश सदस्य गित राउत , बारा संयोजक सावित्री बराल , सर्लाही जिल्ला सदस्य अन्जना नेपाल , कोषाध्यक्ष यशोधा राउत , मानव सेवा केन्द्र गौरका अध्यक्ष एवं गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिवपुरी ,संचार्कारी संजय कार्की , जनकपुर टुडेका राकेश कुमार यादव , संचारकर्मी सन्तोष काफ्ले , बाल विक्रम कार्कीलाइ सम्मानित गरिएको आयोजक सस्थाका सह संयोजक टेक बहादुर चौरेलले जानकारी गरेका छन् ।
इन्सेक रौतहटका सहजकर्ता गोविन्द रामले संचालन गरेको कार्यक्रममा नेपाल मानव अधिकारी सङ्गठन महिला केन्द्रिय सदस्यमा मनोनयन भएका पुजा पाठक तिमिल्सिनालाइ प्रमाण पत्र समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संगठनका अन्य सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो ।