रौतहटको गौरमा रहेको आधारभुत बाल मंदिर विद्यालयमा अध्यनरत विद्यार्थीहरुले नेपाल भारत मैत्री अनाथ आश्रममा रहेका बाल बालिकाहरुलाई जाड़ो छल्नका लागि स्वीटर , अध्यन गर्नका लागि कपि सीसा कलम लगायत खाजाका सामानहरु सहयोग गरेका छन ।
आधारभूत विद्यालयका कक्षा १ देखि ८ सम्मका छात्र छात्राहरुले पाउने खाजा भत्ताको रकमबाट अनाथ बाल बालिकाहरुको लागि सहयोग गरेको हो । आश्रममा सामूहिक रुपमा प्राध्यानध्यापक गणेश यादव सहित पुगेका विद्यार्थीहरुले आश्रममा रहेका ६ जनालाइ सहयोग सामग्री हस्तानान्तरण गरेका हुन ।
कार्यक्रममा छोटो मंतव्य दिदै प्राध्यानध्यापक यादवले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको कार्यको सराहना गरेका छन । विद्यार्थीहरुले खाजा भाताबाट केहि रकम अनाथ बाल बालिकाको लागि खर्च गरेकोमा आफु हर्षित भएको बताउँदै मानव सेवा गर्नु पर्ने धरना राखे ।
उनले अनाथ आश्रममा रहेका वाल बालिकालाइ निशुल्क शिक्षा प्रदान गरेर पुण्यको भागी बनने घोषणा समेत गरे । प्राध्यानध्यापक यादवले अभिभावक विहीन बालबालिकालाइ सवैले सहयोग गर्नु पर्ने आग्रह गरेका छन ।
कार्यक्रममा अनाथ आश्रमका संचालिका प्रभा सिंह , नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र प्रसाद साह , संचारकर्मी राकेश कुमार यादव , अभिमन्यु पटेल , शिक्षा नीरज साह लगायतका सभागिता रहेको थियो ।