रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा सबै भन्दा कम बालविवाह भएको वडाको वडा अध्यक्ष तथा वडा सचिबलाइ सम्मान गरिएको छ । भव्य कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष तथा वडा सचिबलाइ सम्मान गर्नुको साथै २० वर्ष उमेर पुगे पछि आफ्नो छोरीको विवाह गर्ने १सय १० जना अभिभावकलाइ सम्मान गरिएको हो । जस मध्ये २८ जना दलित समुदायका अभिभावकहरुलाई ११ हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
दुर्गा भगवती गाउँपालिकाद्धारा वडा नम्वर १ मा रहेको सामुदायिक भवनमा आयोजित “बाल विवाह मुक्त दुर्गा भगवती गाउँपालिकाको अभियान” कार्यक्रममा वडाध्यक्ष र सचिवलाई सम्मान पत्रका साथ सम्मान गरिएका हुन् ।
युएस ऐड,जेएचयु–सिसिपी –आर–सिइएफएम परियोजनाको प्राविधिक सहयोग तथा दुर्गाभगवती गाउँपािलकाको आयोजनामा सबै भन्दा बालविबाह कम भएको एवं जनचेतना जगाउने उद्देश्यबाट वडा नम्वर ३ मत्सरी र वडा ४ पचरुखीमा बालबाविवाह सबै भन्दा कम भएकोमा वडा नम्वर ३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झा (डिके) र सचिव उमेश चौधरी र वडा नम्वर ४ का वडाध्यक्ष रामानन्द यादव र सचिव रामबाबु यादवलाई सम्मानित गरिएको छ । विगत तिन बर्षको डाटा निकाल्दा दुई पटक वडा नम्वर ३ उत्कृष्ट भएकोमा वडाध्यक्ष र सचिवलाई गाउँपालिका अध्यक्ष शम्भु सिंहले दोसल्लाह, माला र सम्मानपत्र दिएर सम्मानित गरिएको सहयोगी संस्थाका उर्वर्शी साहले बताउनु भयो ।
यसैगरी वडा नम्वर २ का वडाध्यक्ष सुरेश चौधरी र सचिव, वडा नम्वर ५ का वडाध्यक्ष धर्मनाथ चौधरी र सचिव तथा वडा नम्वर १ का प्रदुमन चौधरी र सचिव राजेश दास,वडा नम्बर ४ का वडा अध्यक्ष रमानन्द यादब वडा सचिब रामबाबु यादब र वडा नम्बर पाँचका वडा अध्यक्ष धर्मनाथ चौधरी र वडा सचिबलाई प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष सिंहले सम्मान गरेका छन् ।
सो कार्यक्रममा बालविवाह सम्बन्धी नाटक, प्रदर्शन लगायतका प्रदर्शनहरु गरिएका थिए । गाउँपालिकाबाट हर्षोल्लासका साथ स्थानीय बासिन्दाहरुको सामुदायिक भवनमा उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि गापा अध्यक्ष शम्भु सिंहले उमेर नपुगेका बालबालिकाहरुलाई विवाह गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको तथा कलिलो उमेरमा विहेवरी मानव स्वास्थ्य संगको खेलवाड भएको चर्चा गरे । उमेर नपुगेर विवाह गर्नेहरुलाई कानुनी अपराधको भागिदार बन्नु पर्ने हुन्छ, तिन बर्ष कैद र ३० हजार नगद जरिवाना हुने भएको हुँदा उमेर पुगेर मात्रै आ आफना छोराछोरीहरुको विहेवारी गर्न सुझाव दिए ।
गाउँपालिकाको उपाध्यक्ष शिला देवीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धानको उपनिर्देशक वडाध्यक्षहरु सुरेश चौधरी, डिके झा, रामानन्द यादव र धर्मनाथ चौधरी मन्तव्य राखेको थियो भने प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले स्वागत गरेका थिए । दिपक चौधरी र सुरज मिश्राले उदघोषण गरेका भने कार्यक्रम माथि बालविवाह फाँटका संयोजक मोनिका चौधरीले प्रकाश पारेको थियो ।