काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघमा ध्रुबराज थापा चयन भएका छन् । संघको विहिबार भएको निर्वाचनमा थापा अध्यक्षमा निर्विरोध चयन भएका हुन्।
संघको १६औं साधारणसभाबाट संघको उपाध्यक्षमा अग्नि सिमेन्टका संचालक ताराप्रसाद पोखरेल चयन भएका छन् ।
संघको महासचिवमा विशाल सिमेन्टका जयन्द चुडाल निर्वाचित भएका छन्। सिमेन्ट कम्पनीको ठुल ठुला हस्तीहरुको विचमा रौतहट निवासी ईन्टरनेशनल सिमेन्टका निर्देशक राजनकुमार झा संघको सदस्यमा चयन हुन सफल भएका छन् । इन्टरनेसनल सिमेंट्स प्रा.लि.ले उत्पादन गरेको ओम सिमेन्ट छोटो अवधीमा उच्च गुणस्तरको सिमेन्ट बजारमा ल्याएर आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल भएको हो । यस्तै संघको सदस्यहरुमा युनाईटेड सिमेन्टका विकास दुगड,एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई, केपी सिमेन्टका केशवप्रसाद उप्रेती र शिवम सिमेन्टका सुरेन्द्र गोयल निर्विरोध निर्वाचित भएका हुन । यस्तै अध्यक्षमा निर्वाचित थापा भने कसमस सिमेन्टका ईन्जिनियर हुन ।