रौतहट । साउन २ । श्रोत खुल्न न सकेको रकम सहित एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी चेकीङ्ग टोलीले गौर नगरपालिका वडा नं. २ महादेवपट्टी टोल स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको एक भारतीय नागरिकलाई श्रोत खुल्न न सकेको नेपाली रुपैया सहित रौतहट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
श्रोत खुल्न न सकेको नेपाली रुपैया सहित पक्राउ पर्नेमा भारत विहार राज्यको सितामढी जिल्ला अन्तर्गतको बैरगनिया नगरपंचायत वडा नं. १३ बाबालाल दास मठ टोल बस्ने अंदाजी ४३ वर्षिय महेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी गराउनु भएको छ ।
डिएसपी रायका अनुसार पक्राउ परेका महेश कुमार माथी शंका लागी चेकजाँच गर्दा निजले लगाएको पैन्टको भित्र तिघ्रामा ईलाष्टिकले बेरी लुकाई छिपाई राखि नेपाल तर्फ ल्यादै गरेको नेपाली रु तिन लाख रुपैया बरामद भएको हो ।
बरामद भएको रकम सहित पक्राउ परेका महेश कुमारलाई आवश्यक कार्यवाहीको लागि गौर भंसार कार्यालयमा बुझाईएको र थप अनुसंधान भईरहेको डिएसपी रायले जानकारी दिनु भयो ।