राकेश यादव , २६ भाद्र
राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले नगरपालिकाका स्थानियहरुको दुःख लाइ न्यूनीकरण गर्दै समुन्नत नगरपालिका बनाउने बताउनु भएको छ ।
आफ्नै जन्म स्थल स्थानीय वड़ा नम्बर ९ ब्रह्मपुरीमा विहिवार राजदेवी नगरपालिकाले आयोजना गरेको हैंडपाइप हस्तानांतरण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै मेयर सिंह बाढ़ीको उच्च जोखिममा रहेको नगरपालिका लाइ सुखी र समृद्ध नगरपालिका कसरी बनाउने योजना बनी रहेको उल्लेख गरे । उहाले भने वर्षेनी बाढ़ीले भोग्नु परेको समस्या समाधान गर्नुपर्ने महत्वपूर्ण चुनौती रहेको छ ।
नगरपालिका भित्रको सवै पूर्वाधारको विकास , बेरोजगारी समस्याको निदान गर्ने प्रतिवद्धता जनाउँदै मेयर सिंहले केहि निर्वा्चित जनप्रतिनिधिको असहयोगले सोचेको कुरा गर्न कठिनाई भैरहेको जिकिर गरे । बहुमतिय पद्दतिको अभ्यासले समस्यामा परेको उहाको कथन रहेको छ । जनतालाई तन मनले सेवा गर्ने जनाएको प्रतिवद्धता स्मरण रहेको बताउँदै विस्तारै विस्तारै भएको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
असल छिमेकी नेपाल पोखराले भएको पीड़ामा सके जति गरेको सहयोग प्रति आभार व्यक्त गर्दै मेयर सिंहले निरन्तर सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा सहयोगी सस्थाका निर्देशक राजेन्द्र अधिकारीले विपद र पीड़ामा परेकालाइ सहयोग गर्ने उदेश्य सस्थाको रहेको बताए ।
विगतमा सस्था द्वारा गोरखाको भूकंप पीडि़त , नवलपरासीका पहिरो पीडि़त र बारे परसा को हवाहुरि प्रभावितलाइ सहयोग गरेको बताउँदै निर्देशक अधिकारीले ब्रह्मपुरीका बाढ़ी पीडि़तलाइ सहयोग गरेको जनाए ।
उनले ब्रह्मपुरीमा ३६० जनालाइ प्रति परिवार ७ हजारको खाद्यान्न सामग्री राहत उपलब्ध गरेको बताए । बाढ़ी प्रभावित क्षेत्रमा शुद्ध खानेपानिको आभाव होने भएको ले ५ वटा हैण्ड पाइप जडान गरेको बताए ।
ब्रहम्पुरिमा सस्थाले ३१ लाख मूल्य बरावरको राहत वितरण गरेको र भविष्यमा आवश्यकता अनुसारको सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन । पर्सा जिल्लाका समाजसेवी प्रकाश थारूले पहिलो पटक अनुगमन गर्न आउदा देखिएको पीड़ादायक अवस्थाले हृदय दुखेको सुनाए ।
बाढि़को कारण भएका क्षतिले मन दुखेको र दुःखमा केहि सहयोग गर्नु पर्ने अभिलाषा जागृत भए पछि सस्थालाइ सहयोग गर्नु पर्ने भनी पहल गरेर राहत सामग्री वितरण गर्न लगाएको उल्लेख गरे । उनले भने समाज सेवा गरेमा मनको शांति मिल्छ ।
वड़ा अध्यक्ष भाग्य नारायण साहको सभापतित्वमा भएको कार्यक्रममा राजदेवी नगरपालिकाको तर्फबाट मेयर सिंहले सस्थाका निर्देशक अधिकारी , समाजसेवी प्रकाश थारू , नविन कुमार सिंह , संचारकर्मी राकेश कुमार यादव , सस्थाका कर्मचारी प्रेम घिमिरेलाए प्रशंसा पत्रबाट सम्मान गरेका छन । सहयोगी सस्था असल छिमेकी नेपालले पनि नगर प्रमुख धीरेन्द्र कुमार सिंह ,समाजसेवी प्रकाश थारू , संजय कुमार सिंह , सस्थाका कर्मचारी घिमिरेलाइ सम्मान गरेका छन ।
चंचल कुमार झाले सञ्चालन गरेका कार्यक्रममा वड़ा अध्यक्ष जयमंगल दास लगायत स्थानीय समाजसेवी वुद्धिजीवी लगायत स्थानीय महिला पुरुषको सहभागिता रहेको थियो ।