रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ निवासी ५५ वर्षीय प्रहरी निरीक्षक मखन प्रसाद यादवको विहिवार विहान करीव ४ बजेको समयमा दुखद निधन भएको छ ।
विगत केहि समय देखि क्यान्सर रोग बाट ग्रसित भएका प्रहरी निरीक्षक यादवको भरतपुर क्यान्सर अस्पतालका चिकित्सकले घर लैजान सलाह दिएपछि घर ल्याएको केहि घण्टा पछि नै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शिक्षण पेशा छोडेर प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका यादव २०७० सालमा प्रहरी निरीक्षक पदमा बढुवा भएका थिए । आफ्नो जिम्मेवारी इमान्दारिता पूर्वक निर्वाह गर्दै आएका यादव हाल सम्म सेवामा बहाल रहेका थिए ।
माओवादी जनयुद्धको समयमा रुकुम ,रोल्पा ,सल्यान ,स्यांगजा , रामेछाप लगायतका दुर्गम तथा विकट जिल्लाहरुमा सफलता पूर्वक काम गरेका यादवको छविमा कहिले पनि कुनै किसिमको धब्बा लागेन । ऊनि पेशा प्रति पूर्ण समर्पित एउटा कुशल राष्ट्र सेवक कर्मचारीमा चिन्नू हुन्थ्यो । शान्त सुशिल एवं मिलनसार स्वाभावका व्यक्ति रहेका यादवको निधनले गाउका व्यक्तिहरू स्तब्ध भएका छन ।
रौतहटका राजपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय गंगापीपरामा प्रहरी नायव निरीक्षकको रुपमा कार्यरत रहेका बेला जनताको अपर स्नेह माया र प्रेम बटुल्न सफल भएका प्रहरी निरीक्षक यादवको सरुवा हुदा गाउलेहरु फूलको माला लगाएर आखा भरी आशु सँगै विदाई गरेका थिए । कसै संग तितो शव्द कहिलै प्रयोग नगरेका यादवको निधनले एउटा ईमानदार व्यक्तित्वको समाप्ति भएको स्थानियहरुको भनाइ रहेको छ ।
विरामी भएको अवस्थामा पनि नियमित रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर हुदै आएका थिए । प्रहरी निरीक्षक यादवको निधनले अपूर्णीय क्षति भएको भन्दै प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले हार्दिक संवेदना प्रकट गरेका छन ।
निधनको जानकारी पाए पछि प्रहरी उपरीक्षक खत्री यादवको निजी निवास पुगेर पार्थिव शरीर माथि अंतिम श्रन्दांजलि दिएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीको एउटा टुकड़ीले बागमती नदी किनारमा पुगेर अंतिम सलामी अर्पण समेत गरेका थिए ।