२० पौष
नेपाली सेनाको सैनिक श्रीमति संघले रौतहटका ३५० जना दलित विपन्न परिवारलाइ कम्बल र ऊनि टोपी वितरण गरेका छन । विगत करीव दुइ हप्ता देखि बढेको चिसो शीतलहरबाट जोगिनको लागि राहत स्वरुप सैनिक श्रीमती संघले उक्त न्यानो कपडा वितरण गरेको हो ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिका वड़ा नम्बर ८ मा आयोजित कम्बल तथा टोपी वितरण कार्यक्रममा नेपाली सेनाको नम्बर २८ बाहिनी अड्डा जीतपुर बाराका सहायक बाहिनीपति महा सेनानी मचिन्द्र थापा , इन्द्रबाक्स गणका गणपति प्रमुख सेनानी सामन्त ध्वज खाण , सैनिक श्रीमती संघका सदस्य आज्ञा खाण तथा इन्द्रबक्सका सैनिक श्रीमतीहरुले ७८ जना विपन्न परिवार ,दलित , एकल महिला ,जेष्ठ नागरिक , अपांगहरुलाई कम्बल र टोपी वितरण गरेका छन ।
कटहरिया नगरपालिका वड़ा नम्बर ९ डुमरियाका ८० जना दलित ,एकल महिला ,जेष्ठ नागरिक ,अपांग हरुलाई वड़ा अध्यक्ष लगायत निर्वा्चित जनप्रतिनिधिहरुको उपस्थतिमा कम्बल तथा टोपी वितरण गरिएको इन्द्रबक्स गण पूरेनवाले जनाएको छ ।
त्यस्तै रौतहटको गुजरा नगरपालिका वड़ा नम्बर ३ अन्तर्गतको कनकपुर , सिमरा , जंगलसैया ,तथा वड़ा नम्बर ५ को मुसहरी टोलका अति विपन्न परिवार ,दलित ,एकल महिला ,जेष्ठ नागरिक , अपांग भएका १९२ जनालाइ कम्बल र न्यानो टोपी बाडिएको छ ।
नेपाली सेनाले गएको वर्षको शीतलहर र वाढी पीडि़तलाइ पनि राहत वितरण गरेका थिए । राष्ट्रको सुरक्षाको जिम्मेवारी लिएका नेपाली सेनाले संघीय लोकतान्त्रिक गणतंत्रमा सामाजिक ,पूर्वाधारको विकास निर्माणको कार्यमा चासो लिएका छन ।
दैविक प्रकोपको बेला दिनरात मिहनेत गरेर उद्दार तथा बचावको कार्यमा खटिने नेपाली सेनाले रौतहटका शीतलहर पीडि़तलाइ जाड़ो छल्नलाइ राहत पुग्ने उदेश्य लिएर न्यानो कपडा वितरण गर्ने अभियान सञ्चालन गरेको हो । जनताको घर घरमा पुगेर मन जितने सराहनीय कार्य गरेको देखिएको छ ।
स्थानीय तहले समयमा कम्बल दिन नसके पनि नेपाली सेनाका सैनिक श्रीमती संघले गाउ गाउमा पुगेर गरीव ,असहाय , विपन्न ,दलित ,समुदायका बालवालिका वृद्ध वृद्धालाइ न्यानो कम्बल टोपी दिएर चिसोबाट बाचन केहि भएपनि घाउमा मलहम थापने काम गरेको छ । दलित परिवारहरुले सैनिक श्रीमती संघलाइ आभार समेत प्रकट गरेको हो ।