१ बैशाख
रौतहट जिल्लामा पहिलो कोरोना भाइरसको संक्रमित व्यक्ति फेला परेको छ । यस सगै नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या १४ पुगेको हो ।
भारतको दिल्लीवाट आफनो घर रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं.५ मन्सरी आएका मुस्लिम समुदायका एक १९ वर्षिय युवकमा कोरोना पोजेटिभ भेटिएको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
स्थानिय तहले स्थापना गरेको जनता माध्यमिक विधालयको क्वारेन्टाइनमा बसेका युवकको रगत परिक्षण पछि रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भएको छ । संक्रमित युवकलाई छुटै क्वारेन्टाइन गरिएको प्र.जि.अ. घिमिरेले जनाए ।
दिल्ली बस्दै आएको युवक चैत्र १६ गते बेलुकी घर आएकोमा जानकारी हुदा १७ गते विहान क्वारेन्टाइन गरिएको इशनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिएका छन । घर आएका युवकको श्रीमति माइतीमा भएकोले सम्पर्क नभए पनि घरका अन्य व्यक्ति सित सम्पर्क भएको हुन सक्ने गुप्ताको भनाई रहेको छ ।
रौतहट निर्वाचन क्षेत्र नं.२ मुस्लिम बाहुलयता क्षेत्र भएकोले संक्रमणको जोखिम उच्च रहेको छ । संक्रमणको रोकथाम तथा नियन्त्रण गर्नका लागि सो वडाको पुर्ण रुपमा सिल गरी चेकजाच गर्नु पर्ने आवश्यकता रहेको हुदा स्थानिय प्रसाशनले यस प्रति तदारुकताको साथ लाग्नु पर्ने स्थानियहरुको सुझाव रहेको छ ।