१ बैशाख
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभा सदस्य एवं प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादवले कोरोना भाइरसको संक्रमित व्यक्तिको उपचारमा प्रयोग गरिने व्यक्तिगत सुरक्षा इक्यूपमेंट पीपीई सहितका स्वास्थ्य सामग्री जिल्ला अस्पताल गौरलाइ हस्तानांतरण गरेका छन ।
रौतहटबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने मध्येमा राज्य मंत्री यादव नै पहिलो पटक अति आवश्यक सामग्री उपलब्ध गराएका हुन । यस अघि संघीय सांसद चन्दा चौधरीले आफ्नो सस्था नेपाल भारत महिला मैत्री समाजको तर्फबाट स्वास्थ्य सामग्री अस्पताललाइ उपलब्ध गराएका थिए ।
निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अंतर्गतका स्थानीय तहलाइ स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । राज्य मंत्री यादवले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको पूर्ण सुविधा सहितको १० सेट पीपीई ,साबुन , सैनिटाइजर १० पीस , एन ९५ माक्स ११ थान उपलब्ध गराएको बताएका छन ।
जिल्ला अस्पताल , क्षेत्री अस्पताल , प्राथमिक स्वास्थ्य केंद्र , क्वारेंटाइनमा कार्यरत स्वास्थ्य कर्मीको सुरक्षाको लागि पीपीई दिइने प्रदेश सरकारको योजना अनुसार सामग्री उपलब्ध गराएको बताए । पीपीई सेटमा हेयर कैप ,आई कैप ,जुत्ता , माक्स , चस्मा ,ग्लव्स ,सेट रहेको छ ।
राज्य मंत्री यादवले मुस्लिम समुदायलाइ सरकारको निर्णय पालना गर्दै सामाजिक दुरी कायम गरी महामारीबाट सुरक्षित भई दिन आग्रह गरेका छन । महामारीमा देवी देवता कुनै पनि केहि गर्न नसक्ने भएकोले आ आफ्नो घर मै बसिनु को विकल्प नरहेको जिकिर गरे ।
गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले प्रदेश सभा सदस्य मध्ये सहयोग गर्ने प्रथम प्रदेश सभा सदस्य राज्य मंत्री यादव रहेको बताउँदै नगर पालिकाको तर्फबाट विपदको घडीमा चिकित्सकको सुरक्षाको निमित स्वास्थ्य सामग्री उपलब्ध गराई दिनु भएकोमा धन्यवाद ज्ञापन गरेका छन ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेंडेंट डाक्टर कृष्णा साहले आइसोलेसन वार्डमा उपलब्ध सामग्रीबाट उपचारमा सहयोग पुग्ने बताएका छन । कोभीड़ १९ को संक्रमण तीव्र रुपमा विश्व भरी नै फैलिदै गइरहेकोले सुरक्षित हुनु पर्ने आग्रह गरे ।