२७ बैशाख रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर १ बंजरहा नजिक भारत सरकारले नेपाली भूमि मीचेर बांध मरमत गर्ने कार्य शुरू गरेको छ ।
नेपाल भारत सिमामा भारत सरकारले निर्माण गरेको बांधको चौड़ीकरण र उचाई बढाउन लागेको हो । लालबकैया नदीको बाढ़ीको पानीले डुवान मा पर्दे आएको बंजरहा औरैया , बैरिया लगायतका गाउ भारतीय पक्षले आफ्नो सिमानामा बाँधिएको बांधको स्तरउन्नती गर्न लाग्दा बाढ़ीले डुवानमा पर्ने जोखिमको कारन चिंतित भएका हुन ।
भारत सरकारले भारतीय रेलवे देखि बलुवा गाउको उत्तर हुदै निर्माण गरेको बांधको उचाईको साथै चौड़ीकरण गर्न लागेको हो । बांधमा माटो पूर्णे कार्य गर्दा बंजरहा स्थित नेपाली भूमि १२ मीटर लामो र १२ फिट चौड़ा च्यापेको स्थानीय वड़ा नम्बर १ का वड़ा अध्यक्ष विगु साहले दावी गरेको छ । बांध मरमत गर्ने कार्य वितेको माघ महीना देखि नै जारी रहेको छ ।
लकडाउन हुनु भन्दा अगावै देखि हुरु गरिएको मरमतको स्थानीयहरुले विबाद गर्दा दुवै देशको स्थानीय प्रसाशनको सहमतिमा तत्काल निर्माण कार्य रोकने सहमति भएको थियो । श्री राम प्रसाद कुशवाहा र शेख सलीम गुहावारी निवासीले पेटी कन्टेक्टमा ठेक्का लिएर कार्य गर्दै आएको छ ।
बलुवा वड़ा नम्बर ३ मा पुनर निर्माण भैरहेको बांधको कारन वड़ा नम्बर १ र राजपुर नगरपालिकाका वड़ा नम्बर ९ डुवानमा पर्ने खतरा बढेको वड़ा अध्यक्ष साहको भनाइ रहेको छ । स्थानीय सरकार स्थानीय प्रसाशनलाई मरमतको कार्य रोक्नु पर्ने पहल गर्नलाइ पटक पटक भन्दा कुनै चासो नदेखेको वड़ा अध्यक्ष साहको गुनासो रहेको छ । साहले भने एक दुइ ठाउमा नेपाली भूमि चापिएको छ ।
पानीको निकासको लागि साइफन लगाउनु पर्नेमा भारत सरकारले ठाउ ठाउमा साइफन जडान नगर्दा गाउ नै डुवानमा पर्ने सभावना बढेको स्थानीय सुरेश गुप्ताले बताए । गुप्ताका अनुसार पहिलो पटक सन १९७४ मा बांध चौडाकरण गरिएको थियो र हाल दोस्रो पटक चौडाकरण गर्ने कार्य भई रहेको छ । पहिलो चोटीमा पनि नेपाली भूमि च्यापिएको थियो अव दोस्रो पटक त्यस्तै गरेको छ ।
स्थानीय बच्चा साह अर्जुन साह , मनोज सिंहले जग्गा नाप जांच गरेर बांधको मरमतको कार्य गर्नु पर्ने धरना व्यक्त गरेका हुन । उहाहरुले विस्तारै विस्तारै भारतले नेपाली सिमाना मिच्ने कार्य गर्दै आएकोले त्यसको पहल गर्न नेपाल सरकारलाइ ध्यानाकर्षण गराएका छन । बांध चौड़ीकरण गर्दा बलुवा ३ का स्थानीय हरुको घर परे पनि घर भत्काइएको छैन । घर नभत्काउदा नेपाली भूमिमा माटो पुरिएको छ ।
भारतीय नागरिक राम आधार ठाकुरले केहि जग्गा बांधमा मिचिएको स्वीकार गरेका छन । बांधमा माटो हाल्ने क्रममा ट्रेक्टर चालकको गलतीको कारन नेपाली भूमिमा माटो खस्न गएको उनको कथन रहेको छ । सीमामा भएको बाद दुवै देशका सरकारले समाधान गर्नु पर्ने ठाकुरको तर्क रहेको छ । उनीहरुले भारत सरकारले जग्गाको मुअवजा नदिएकोले आफनो घर कुनै शर्तमा नभत्काउने अडानमा अडिग रहेका छन ।
भारतीय नागरिकको अनुसार पूर्व तर्फ निर्माण गरिएको लालबकैया नदीको बांध भारतीय बांध सित जोडिएको कारन बाढ़ीको पानी थन्किने र डुवानमा पर्ने गरेको जिकिर गरे ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सिमा विज्ञहरुको टोली पठाउन नेपाल सरकारलाइ आग्रह गरेको बताएको छ । बांध मरमत भई रहेको जानकारी आउदा स्थलगत निरिक्षण गरी भारतीय समकक्षी सित छलफल गरी तत्काल माटो थप्ने कार्य रोक्नलाइ भनिएको बताए ।
उहाले एक दुइ दिनमा सिमा निरिक्षण गर्न सिमा विदहरुको टोली आउने जनाए । सिमा विदको टोली आएर जग्गा नाप जांच गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन ।