२९ जेष्ठ
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा एकजनाले आफ्नै श्रीमती माथि एसिड प्रहर गरेको छ । घरायसी विवाद हुदा स्थानीय ४२ वर्षीय दिपक विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दिपिका विश्वकर्मा माथि तेजाब प्रहार गरेको हो ।
घरायसी विषयलाइ लिएर श्रीमानले श्रीमती माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह ले बताउनु भएको छ । एसिड प्रहारबाट घाइते भएकी महिलालाइ चन्द्रनिगाहपुर स्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ भने एसिड प्रहार गर्ने श्रीमानलाइ प्रहरीले पक्राउ गरि सकेको प्रहरी उपरीक्षक शाहले बताए ।
चन्द्रनिगाहपुरमा मानिस एण्ड मनिसा गहना पसल संचालन गर्दै आएका दिपक विकले सुन सफा गर्नमा प्रयोग गरिने एसिड प्रहार गरेको प्रहरी ले जनाएको छन् । प्रहरीका अनुसार घाइते भएकी महिलाको बाया हाथ , पेट र खुट्टा जलेको छ ।
महिला प्रति भएको घटनाको घोर निन्दा गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजको प्रदेश २ संयोजक पुजा पाठकले यस्तै अमानवीय घटना गर्ने पीडकलाइ कानुनी कार्यवाही गर्न सम्वन्धित निकाय सित माग गरेको छ ।
महिला प्रति गरिएको क्रुरतापूर्वक घटनाका दोषीलाइ सजाय दिलाउन मेची महाकाली बुहारी संयुत आवाजले दवाव सृजना गर्ने चेतावनी समेत दिएका छन् ।