रौतहट १२ , अषाढ
शुद्ध खानेपानीका लागि रौतहट जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुरमा आज खानेपानी टयांकी निर्माण कार्यको शिलान्यास गरिएको छ । उतरवारी टोलको बडका मठ अर्थात श्रीराम जानकी मठले उपलव्ध गराएको ४ कठ्ठा जग्गामा खानेपानी टयांकीको शिलान्यास भएको हो ।
संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागको करोडौंको लागतमा निर्माण हुने खानेपानी ट्यांकीको मठका पुजारी महन्थ रामबिलास दास बैरागी र वडा अध्यक्ष राजीव यादव दुवै जनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
भोली देखी शुरु हुने पानी टयांकी निर्माण कार्य तिन वर्षमा सक्ने लक्ष्य राखिएको छ । दुई लाख २५ हजार लिटर क्षमताको टयांकी निर्माण हुने छ भने पानी टयांकी सञ्चालनका लागि भौतिक पुर्वाधार निर्माण कार्य पनि गरिने छन । खानेपानी पानी टयांकी निर्माणका लागि रामविलास राय यादवको अध्यक्षतामा ११ सदसीय उपभोक्ता समिति गठन गरिएको छ ।
गाउँका भद्रभलादमी, राजनैतिककर्मी, न्याय प्रेमी जनता लगाएतको रोहवरमा भएको भेलाले समितिको अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरुलाई चयन गरेको हो । गाउमा शुद्ध खानेपानीको लागि ओभर हेड ट्यांकी निर्माण हुन् लाग्दा गाउका स्थानीयहरु खुसि भएका छन् ।