१३ अषाढ
रौतहट जिल्लाको वृन्दाबन नगरपालिकाको पाचौ नगर अधिवेशन आइतवार सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्षको लागि अषाढ १० गते सम्म बजेट ल्याइनु पर्ने संवैधानिक व्यवस्था रहेकोमा प्राविधिक समस्याको कारण ढिलो भएर नगर सभाको अधिबेशन सम्पन्न भएको छ ।
आर्थिक वर्ष ०७८÷०७९ को लागि नगरपालिकाले ५५ करोड ३४ लाख ४६ हजारको बजेट ल्याएको छ ।
नगर प्रमुख राम स्नेही यादवले १० पृष्ठको प्रस्तुत गरेका नीति तथा कार्यक्रममा संघीय सरकारको सशर्त अनुदान तर्फ २१ करोड ६ लाख , वितिय समानीकरण तर्फ १२ करोड ८५ लाख र राजश्व बाडफाड तर्फ ९ करोड ४८ लाख ३३ हजार , प्रदेश सरकारको तर्फबाट सशर्त अनुदान तर्फ डण् लाख वितिय समानीकरण तर्फ ८७ लाख १३ हजार , राजश्व बाड फाड तर्फ ३५ लाख , सम्पुरक अनुदान २० लाख , विशेष अनुदान ३० लाख र ८ करोड आन्तरिक आय अनुमान गर्ने आनुमन गरिएको छ ।
समृद्ध नगर , खुसि नगरबासीको लक्ष्य सहित सार्वजनिक गरिएको नीति कार्यक्रममा सम्मुनत ,सुरक्षित तथा बातावरण मैत्री सुन्दर शहर , सुशासनयुक्त पर्यटकीय र समृद्ध वृन्दावननगर भन्ने दुर दृस्टी सहित नगरको एकीकृत विकासका लागि गुरुयोजना बनाउने जोड दिइएको छ ।
शिक्षा प्रणालीलाइ आर्थिक सामाजिक रुपान्तरणको संवाहकको रुपमा , स्वास्थ्य नगरवासी ,समृद्ध नगर भन्ने नाराका साथ स्वास्थ्य क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।
कृषि , पूर्वाधार , खेलकुद , महिला सशक्तिकरण , युवाको विकासमा विशेष जोड दिइएको नगर प्रमुख यादवले बताएका छन् । नीति कार्यक्रम प्रस्तुत गरेपछि नगर अधिवेशनलाइ सम्वोधन गर्दै नगर प्रमुख यादवले यो बजेट अवधिको अन्तिम बजेट भएकोले रचनात्मक ढंगको विकासको कार्य गर्नु पर्ने निर्वाचित जान प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।
विकास निर्माणको कार्य साउन महिना देखि नै तिब्र रुपमा गर्नु पर्ने जोड दिदै मेयर यादवले आ आफ्नो दायित्व राम्रो संग निर्वाह गर्दै जनता को मन जित्ने कार्य गर्न हुन् सुझाव दिएका छन् । जनताको इच्छ अकंछा पुरा गर्ने जनप्रतिनिधिको कर्तव्य रहेकोले सोहि अनुसार कार्य गर्न निर्देशन समेत दिएका छन् ।
नगर सभामा निर्वाचित जनप्रतिनिधिहरुको पूर्ण उपस्थति रहेको तथा शान्तिपूर्ण बातावरणमा नगर सभा सम्पन्न भएको नगर सभाका सचिव एवं निमित प्रमुख प्रसासकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन् ।
रौतहटमा रहेको १८ स्थानीय तह मध्ये १५ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याई सकेका छन् भने बौधीमाइ नगरपालिका , देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाले बजेट ल्याउन सकेका छैन ।