१२ पुष
गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान अभियान शुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले नगर प्रमुख अजय कुमार गुप्ताले यस्तो अभियानको शुरुवात गरेको हो ।
सन्तानले आफ्नो बुवा आमालाइ बृद्ध अवस्थामा सम्मान गरोस भन्ने लक्ष्य लिएर अभियान शुरु गरेको नगर प्रमुख गुप्ताले बताएका छन् । गौर नगरपालिका वडा नम्बर ८ पुरेनवामा सोमवार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख गुप्ताले नागार पालिका भरिका जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम रहेको र आज देखि यो शुरु भएको बताए ।
बृद्धा अवस्थामा रहेका अभिभावकलाइ अपमान नगरी सम्मान गर्नु पर्ने संदेश यो अभियानले दिने प्रस्ट पारे । करिव २ हजार भन्दा बढी संख्या रहेको जेष्ठ नागरिक महिला पुरुषलाइ कम्बल , होर्लिक्स , टर्च , दोसल्ला प्रदान गर्ने निर्धारण गरिएको उल्लेख गर्दै जेष्ठ नागरिकलाइ चिसोबाट जोगिनको लागि न्यानो कपडा दिने गरिएको बताए ।
वडा अध्यक्ष जनार्दन साहको अध्यक्षतामा भएको सो कार्यक्रममा ९० जना जेष्ठ नागरिक महिला पूरुषलाइ उक्त सामग्री दिएर सम्मान गरिएको थियो ।
सम्मान पाएका जेष्ठ नागरिकहरुले नगर प्रमुखको कार्य सरहानिय रहेको भन्दै खुशी व्यक्त गरेका छन् । नगर पालिकाबाट पाएको कम्बल र दोसल्लाबाट चिसो छल्न सहयोग पुग्ने उहाहरुको भनाइ रहेको छ ।