१७ पौष
रौतहट जिल्ला अदालतबाट खटेको कर्मचारीले त्यार परेको नक्सा मुचुल्का र सरजमीन मुचुल्का सहितको कागजात च्यातेको अभियोगमा गरुडा नगरपालिका वड़ा नम्बर ५ का वड़ा अध्यक्ष सहित ५ जना माथि मुदा दायर भएको छ ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको आदेशानुसार नक्सा स्केच मुचुल्का त्यार गर्न गएका कर्मचारी अमिन राजकिशोर प्रसाद यादव , मनोज कुमार सहनीले दिएको प्रतिबेदनको आधारमा वड़ा अध्यक्ष जय मंगल राय यादव , वड़ा नम्बर ५ निवासी अनिल राय यादव , रामाज्ञा राय यादव , राम आयोध्या राय यादव र भोजिन्दर साह तेली माथि मुद्दा दायर गरिएको जिल्ला अदालतका उपसचिव गुणराज पराजुलीले बताएका छन ।
निषेधज्ञा मुद्दामा भएको आदेश अनुसार अदालत को अमिन महमदपुर वड़ा नम्बर ३ किता नम्बर ९६४ , ५९० र १२०१ समेतको नक्सा स्केच गर्न गएकोमा वड़ा अध्यक्ष सहितको टोली विबाद सृजना गरी जोर जवर्दस्ती सही छाप भएको नक्सा स्केच मुचुल्का खोसी च्याती दिएको प्रतिबेदन प्राप्त हुदा निजहरुमा सार्वजानिक अधिकारीको अखित्यारको अवज्ञा सम्वन्धी कसूर गरेकोले मुलुकी अपराध सहिंता २०७४ को भाग २ परिच्छेद ३ को दफा ६५ बमोजिम कसूर गरेको ठहर गर्दै कार्यवाही अगाडी बढ़ाइएको उपसचिव पराजुलीले बताए ।
वड़ा अध्यक्ष सहित माथि मुलुकी फौजदारी कार्य्विधि नियमावली २०७५ को नियम २५ को उपनियम २ बमोजिम कार्यवाही प्रारम्भ गरी मुलुकी अपराध सहिंता २०७४ को दफा ८५ अनुसार सजायको मांग दावी गरिएको छ ।

![IMG20200102152847[1]](http://hastachhepkhabar.com/wp-content/uploads/2020/01/IMG202001021528471-696x522.jpg)







