रौतहट ११ मङ्सिर
रौतहटको सदरमुकाम गौरमा रहेका लुम्बनी विकास बैंकले सामाजिक सुरक्षाका भत्ता लीन जाने जेष्ठ नागरिक ,महिला ,अपांग सित नराम्रो व्यव्हार गर्ने गरेको खुलासा भएको छ ।
एक महीना अघि नै सामाजिक सुरक्षाको भत्ता वितरण गर्नको लागि गौर नगरपालिकाले सो बैंकमा पठए पनि अहिले सम्म वितरण नगरेको र रकम लिन वड़ा नम्बर १ का जेष्ठ नागरिक ,एकल महिला , बृद्ध पुरुष ,अपांगहरु जादा बैंकका मैनेजर र कर्मचारीहरु नराम्रो व्यव्हार गर्ने गरेको पीडि़तहरुले वड़ा अध्यक्ष समक्ष लिखित रुपमा उजुरी दिएपछि सो रहस्य बाहिर आएको हो ।
हिन्दूहरुको महान पर्व शुभ दीपावली र छठको अवसरमा सामाजिक सुरक्षाको रकम वितरण गर्नको लागि नगरपालिकाले रकम पठाएको थियो तर बैंकका बदमासीले रकम अहिले सम्म वितरण भएको छैन ।
स्थानीय सुमिंत्रा देवीले वड़ा अध्यक्ष समक्ष दिएको निबेदनमा रकम लिन जादा आज भोली गर्दा गर्दै हैरान गर्ने गरेको गुनासो गरिएको छ , वृद्ध महिला पुरुषलाइ जान आऊंन कास्ट भोग्नु परेकोले हैरान गर्दा थप पीड़ा हुने गरेको निबेदनमा उल्लेख गरिएको छ । सेवाग्राहीको काम छिटो छरितो गर्नु पर्नेमा लुम्बनी विकास बैंकले हैरानी गर्ने गरेको जन गुनासो तीब्र भएको छ ।
सामाजिक सुरक्षाको रकम बितरणमा लापरवाही गरेका बैंकका मैनेजर र कर्मचारी माथि कार्यवाही गर्नका लागि वड़ा कार्यालयबाट गौर नगरपालिका र जिल्ला प्रसाशन कार्यालयमा पत्राचार गरिएको वड़ा अध्यक्ष भरत साहले बताउनु भएको छ ।
पर्वको बेला रकम नदिएका बैंकका कर्मचारीले भत्ता लिन जाने जेष्ठ नागरिक सित अभद्र व्यव्हार गर्ने गरेको गुनासो आएपछि कार्यवाहीको लागि पत्राचार गर्नु परेको वहाले बताए । रकम लिन जानेलाई वड़ा अध्यक्षले के गर्न सक्छ ? अहिले रकम भुक्तानी हुदैन ? जहा उजुर गर्नु छ भने गर्नु भनी धम्क्याउने समेत गरेको वड़ा अध्यक्ष साहले बताए ।
बैंकको कर्मचारीले जेष्ठ नागरिकलाइ प्राथमिकतामा राखेर कार्य गर्नुको साटो हेपहा प्रवृति देखाएर कार्य गर्नु अनुचित भएकोले यस्तो व्यव्हार गरे बैंक प्रति जनचहना घटने भएकोले सेवाग्राही सित गर्नु पर्ने व्यव्हारमा सुधार गर्नु पर्ने देखिन्छन ।