१४ मङ्सिर
रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ७ मा आफ्नै छोरीको हत्या गरेको अभियोगमा बूबा आमा पक्राउ परेको छ ।
गत कार्तिक २६ गतेका दिन सुतीरहेको अवस्थामा कन्चटमा गोली प्रहार गरी हत्या गरिएकी १७ वर्षीय अमृता साहको हत्यामा संलग्न भएको आरोपमा अनुसन्धानको क्रममा पक्राउ परेकोलाइ जिल्ला प्रहरी कार्यालय रौतहटले आइतवार सार्वजानिक गर्दै हत्यामा बूबा राम अयोध्या साह र भीनाजु लक्ष्मण साह र आमा सीता देवी संलग्न भएको प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी गराएका छन ।
घटना पश्चात् गरिएको त्रिकोणात्मक अनुसन्धानबाट हत्यामा बूबाको महत्वपूर्ण भूमिका पाइएको खुलेको जनाएको छ । अनुसन्धानको क्रममा इज्जत जोगाउनको लागि छोरीको हत्या गराएको रहस्य खुलेको प्रहरी उपरीक्षक शाहले बताए ।
पहिलो पटक स्थानीय परोहा नगरपालिका वड़ा नम्बर ४ बसने छोटेलाल साहलाइ १ लाख ५० हजारमा छोरी अमृता साहको हत्या गराउन सुपारी दिएपछि हत्या गर्न उपचारको बहना बनाएर भारत लगी हत्या गर्ने योजना असफल भए पछि दोस्रो पटक बूबा र भीनाजु लक्षमण साहले स्थानीय देवाही गोनाही नगरपालिका वड़ा नम्बर २ लक्ष्मीनिया करुनिया बस्ने कैमल देवानलाइ १ लाखमा सुपारी दिएर योजना बनाएर हत्याको अंजाम दिइएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरी उपरीक्षक शाहले दावी गरे ।
अमृता साहको प्रेमी सोसिन्द्र प्रसाद भगत भागी जाने डरले बूबाले योजना बनाएर आमालाइ सहयोग गर्ने धमकी बूबाले दिएर घटना गराएको छ प्रहरी उपरीक्षक शाहले भने पहिलाको लोग्ने रुपेश साह सित सम्वन्ध विच्छेद भएको थियो । अमृताको लोग्ने माथि आक्रमण गरेको आरोपमा प्रेमी सोसिन्द्र भगत माथि ज्यान मार्ने उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालयमा समेत दर्ता रहेको छ ।
२०७६ सालमा सर्लाहीको विष्णु गाउँपालिका ३ बस्ने रुपेश संग विबाह भएको मृतक अमृताको २०७७ फाल्गुन महीनामा सम्वन्ध विच्छेद भईसके पछि माइती घरमा बस्दै आएकी र सोसिन्द्र भगत सितको प्रेम सम्वन्ध स्वीकार्य गर्ने पक्षमा नरहेको बूबाले रकम दिएर छोरीको हत्या गराएको हो ।
हत्याको आरोपमा बूबा ,आमा ,भीनाजु सहित देवाही गोनाही नगरपालिका २ करुनिया बस्ने वर्ष ६० को शेख अलियास , ४० वर्षको बहुदल बभनिने इश्लाम अंसारी , ३६ वर्षीय शेख इम्ताज गरी ६ जना पक्राउ परेको पत्रकार सम्मलेनमा सार्वजानिक गरिएको छ ।
गोली हान्ने सुटेर कैमल देवान फरार रहेकोले खोज तलाश भैरहेको छ । पक्राउ परेका माथि कर्तव्य ज्यान सम्वन्धी कसूरमा रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको प्रहरी उपरीक्षक साहले बताए । उहाले भने अनुसन्धानको क्रममा अपराध स्वीकार्य गरी सकेको छ । जिल्लाको शांति सुरक्षामा थप चुनौती बढेको बताउँदै हत्याको घटनामा समेत बृद्धि भएको जनाए ।
गएको आर्थिक वर्षमा कार्तिक महीनामा ३ जनाको हत्या भएको थियो भने यस वर्षको कार्तिक महीनामा ५ जनाको हत्या भएकोले सुरक्षाको चुनौती थपिएको जनाए । गत वर्षमा २३६ वटा मुद्दा दर्ता भएको थियो भने यस वर्ष १६३ वटा मुदा दर्ता भएको प्रहरीको तथ्यांक रहेको छ ।