प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन्
जनकपुरधाम । जिम्मेवार पदमा बसेका व्यक्तिहरु सभ्य हुनुपर्ने मान्यता हुँदाहुँदै पनि प्रदेश २ का मुख्यमन्त्रीदेखि केही मन्त्रीले विभिन्न सन्दर्भमा अश्लील शब्द प्रयोग गरेपछि विवादमा परेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले केही दिनअघि सार्वजनिक स्थलमा पदीय मर्यादा नाघेर टिप्पणी गरे ।

केही दिनअघि मात्र मुख्यमन्त्री लालबाबु राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ता दिने क्रममा अपशब्द प्रयोग गरे । समाजिक विकास मन्त्री नवलकिशोर साहले पनि मन्त्रालयको कुर्सीमै बसेर तथानाम गालीगलौज गरिरहेको भिडियो सार्वजनिक भयो ।

दुवैजनाको अमर्यादित भाषालाई लिएर समाजिक सञ्जालहरुमा आलोचना सुरु भएको भइरहेको छ । समाजिक सञ्जालमा साधु शरणले व्यंग्य गर्दै लेखेका छन् ‘अति पढेलेखेका विद्वानहरुका बिशिस्ट श्रेणीका लक्षणहरु यस्तै हुने गरेको छ ।’

मुख्यमन्त्री लालबाबु राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ता दिने क्रममा अपशब्द प्रयोग गरे । समाजिक विकास मन्त्री नवलकिशोर साहले पनि मन्त्रालयको कुर्सीमै बसेर तथानाम गालीगलौज गरिरहेको भिडियो सार्वजनिक भयो ।

सिपी यादवले समाजिक सञ्जालवाटै राजीनामा मागे । रोहित धौलाकोटी लेख्नुहुन्छ ‘भनिन्छ जो अगुवा उहि बाटो हगुवा, भनेको यहि हो सडकछाप भाषा बोलेर आफ्नै बेइज्जत गरेछन ।’महिला पुरुष दुबैले उत्तिकै आलोचना गरेका छन् । विना ठाकुर लेख्छिन ‘सबै को मानसिक संतुलन बिग्रेको छ कि क्या हो ?

प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन् । प्रदेश सरकारले गर्ने गरेको अनाधिकृत क्रियाकलाप सञ्चार माध्यममा निरन्तर सार्वजनिक भएपछि मुख्यमन्त्रीदेखि मन्त्रीहरु सञ्चारमाध्यम र पत्रकारहरुप्रति आक्रामक भएका हुन् ।

पछिल्लो सममयमा आफ्ना गलत गतिविधिको भण्डाफोर हुन थालेपछि उनीहरुले सार्वजनिक स्थलमा समेत पत्रकारहरुलाई गालीगलौज गर्दै हिँड्ने गरेका छन्