राकेश यादव , १७ असोज
सवै भन्दा पुरानो मंदिरको रुपमा प्रसिद्द रहेका रौतहटको मत्सरीमा दशैंको छैठौ दिनको अवसरमा आकाशबाट हेलीकप्टरको माध्यमबाट पुष्प वर्षा गरिएको छ ।
दुर्गा मंदिरको स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा हेलीकाप्टरबाट बेलपूजन तथा कलश शोभा यात्रामा फूल बर्षा गरिएको हो । रौतहटमा पहिलो पटक यस्तो कार्य भएको हो । फुलपतिको दिन देखि विजय दशमी सम्म सवै भन्दा बलि प्रदान गरिको मत्सरिको दुर्गा मंदिर प्रसिद्द रहेको छ ।

बड़ा दशैँमा नेपाल र भारतको विभिन्न ठाउबाट दर्शन गर्न तथा भाकल पूरा भएका हरुले खसि ,बोका , परेवा लगायतका बलि दिन भक्तजनहरु आउने गरेको पूजा समितिले जनाएको छ । प्रत्येक बर्ष भव्यता ढंगबाट दुर्गा भगवतीको पूजा आजा हुदै आएको मत्सरी दुर्गा मंदिरमा स्थापनाको स्वर्णजयंतीको अवसरमा फरक ढंगबाट पूजा अर्चना गरिएको छ ।

कलश शोभा यात्रामा रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अनिल झा , प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र यादव , भौतिक पूर्वाधार तथा यातायात विकास राज्य मंत्री डाक्टर डिम्पल झा , दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साह लगायत निर्वा्चित जनप्रतिनिधिहरुको विशेष उपस्थति रहेको थियो ।