रौतहट , १३ साउन
गौर नगरपालिका वड़ा नम्बर ६ का वड़ा अध्यक्ष शेख जमशैदले आफ्नो निजी स्रोतबाट एक जना अग्नि पीडि़तलाइ नगद र खाद्यान्न सामग्री सहयोग गरेका छन ।
गौर नगरपालिका वड़ा नम्बर ७ का अग्नि पीडि़त रोज महमद मियालाइ आफ्नो तर्फबाट नगद ५ हजार , २५ किलो चामल , २ वटा त्रिपाल र १ कार्टून पिउने पानी सहयोग गरेका हुन । आइतवार राति आगलगी भएर खाना बनाउने फूसको घर पूर्ण रुपमा जलेर नस्ट भएको जानकारी पाए लगतै गौर नगरपालिकाका प्रवक्ता समेत रहेका शेख जमशैदले पीडितको घरमा पुगेरै निजी स्रोतबाट उक्त सहयोग सामग्री हस्तान्तरण गरेका छन ।
राष्ट्रिय जनता पार्टीका पूर्व जिल्ला संयोजक जमशैदले समय मै पीडि़तको घाउमा मलहम लगाउने गरिएको प्रयासको स्थानियहरुले सराहना समेत गरेका छन । सो वड़ाको वड़ा अध्यक्ष मजहर खाले केहि नगरे पनि छिमेकी वड़ाका वड़ा अध्यक्षले तत्काल राहत पुग्ने उदेश्य लिएर पीडि़तलाइ सहयोग गरेको हो ।
वड़ा अध्यक्ष जमशैदले घटना दुखद रहेको र पीड़ामा परेका व्यक्तिलाइ सहयोग गर्ने मानवीय धर्म रहेकोले आफुले भएको क्षतिको भरपाई गर्न नसकेपनि केहि हद सम्म राहत पाउने आशाले सहयोग गरेको बताएका छन । उनले अन्य निकायबाट पनि क्षतिपूर्तिको पहल गर्ने आश्वासन दिएका छन ।
अचानक भएको आगलगीबाट पीडि़तको घरमा राखिएको कपडा लता भाड़ा कूड़ा ,अन्न जलेर नस्ट हुनुको साथ २ वटा बकरीको साथ ४ वटा पाठापाठी जलेर मरेको छ । पीडि़त मियाले करीव २ लाख मूल्य बरावरको क्षति भएको जानकारी गराउँदै आर्थिक अवस्था ज्यादै कमजोर भएकोले सहयोग गर्नलाइ अपील समेत गरेका छन ।