रौतहट २२ कार्तिक
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको पूर्ण बहुमत रहेको रौतहट जिल्लाको राजदेवी नगरपालिकामा व्यापक रुपमा अनियमितता भएकोले छानविन हुनु पर्ने लगायतका मांग राख्दै विहिवार देखि आन्दोलन मा उत्रेका समाजवादी पार्टी नगर कार्य समितिको धरना कार्यक्रम समाप्त गर्नको लागि भएको वार्ता असफल भएको छ ।
दोस्रो दिनको धरना जारी रहेको बेला आन्दोलनकारी सित छलफल गर्न गएका नगर प्रमुख धीरेन्द्र कुमार सिंहको वार्ता असफल भएको हो । मेयरले भएको अनियमिता लगायतका विषयमा छानविन समिति गठन गर्न सत्ताधारी दल सपा ,राजपा र नेपाली कांग्रेसका गरी ५ सदस्य समिति बनाउन गरेको प्रस्ताव आन्दोलनरत पक्षले अस्वीकार गरे पछि वार्ता सफल हुन सकेको छैन ।
२ जना सपा २ जना राजपा र १ जना कांग्रेसको तरफबाट निर्वा्चित प्रतिनिधिलाइ राखेर छानविन समिति गठन गर्नु भनी राखेको प्रस्ताव नगर अध्यक्षले अस्वीकार गरेको मेयर सिंहले बताएका छन । आन्दोलनमा रहेको समाजवादी पार्टीका नगर अध्यक्ष यादवले समितिमा निर्वा्चित प्रतिनिधि बहेकका व्यक्ति नराखिएकोले पहिलो चरणको छलफल निष्कर्ष विहीन भएको बताएका छन ।
उनले भने जस माथि आरोप लगाइएको छ त्यसैलाइ छानविन समितिमा राख्न उपयुक्त हुदैन । अनुभवी व्यक्तिलाइ छानविन समितिमा राखिनु पर्ने उहाको तर्क रहेको छ ।