राकेश यादव , १२ भाद्र
रौतहट जिल्लामा विना अनुमतिको सञ्चालनमा रहेका एम्बुलेंसका चालकले आफु खुसी भाड़ा लिने गरेका छन । गैर सरकारी संघ सस्थाले विरामी ओसार पसारको निमित सञ्चालन गरेका एम्बुलेंस विना दर्ताको सञ्चालनमा रहेका छन ।
जिल्लामा ७३ वटा एम्बुलेंस सञ्चालनमा रहे पनि कानून बमोजिम जिल्ला स्वास्थ्य कार्यालयबाट सेवा प्रबाह गर्न भनी स्वीकृति लिएका छैन । जिल्ला अस्पताल गौरले सञ्चालन गर्दै आएको २ बटा एम्बुलेंस पनि दर्ता नरहेको पाइएको छ ।
चन्द्रनिगाहपुरमा मात्रै २० वटा एम्बुलेंस सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । स्वास्थ्य कार्यालयका हरेन्द्र गुप्ताले सञ्चालनमा रहेका एम्बुलेंसहरु विना स्वीकृतिको रहेको बताएका छन । सेवा प्रहार गरे वापत लिइने भाड़ामा पनि एकरूपता नरहेको बताउँदै गुप्ताले संचालित एम्बुलेंसहरुलाई प्रक्रियामा ल्याउने कार्य अगाडी बढ़ाइएको जनाए ।
उनले भने कसैले स्वीकृति लिएको छैन न दर्ता पनि गराएको छ । कार्यालयबाट स्वीकृति लिएर सञ्चालन गर्नु पर्नेमा संघ सस्थाले आफु खुसी एम्बुलेंस सञ्चालन गर्ने गरेकोले विरामी ठगिने गरेको छ । गौरबाट वीरगंज ,भरतपुर ,काठमाण्डौ लगायत भारतमा विरामी लिएर जाने एम्बुलेंसका चालकहरुले मा‘नोपोली ढंगबाट भाड़ा लिने गरेको देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला प्रसाशन कार्यालय , जिल्ला प्रहरी कार्यालय ,जिल्ला ट्राफिक प्रहरी कार्यालय , सम्वन्धित संघ सस्थाका प्रमुख ,नागरिक समाज , अस्पताल विकास समितिका प्रमुख , यातायात कार्यालयका प्रतिनिधिको संयुक्त बैठकबाट संचालित रहेका एम्बुलेंसलाइ प्रकियामा ल्याउने प्रयास गरिएको छ ।
रेफरल अस्पतालका रुपमा परिचित रहेका जिल्ला अस्पताल गौरमा उपचार गराउन आउने सामान्य तथा गंभीर प्राकृतिक विरामीहरुलाई बाहिर उपचार गराउन जानू पर्ने भन्दै चिकित्सकले रेफर गर्दा विरामीहरु बाध्य भएर चालकले मागे जाती रकम तिरेर सुविधा संपन्न अस्पतालमा जाने गरेको छ ।
अवैध रुपमा सञ्चालनमा रहेका एम्बुलेंसको कारण जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक राजश्व पनि प्रभावित हुदै आएको छ । दुःखको बेलामा मौकाको फायदा उठाउने गरेका एम्बुलेंस चालकमा कार्यवाही गर्नु पर्ने सर्वसाधारणले नियमन गर्ने निकाय सित मांग गरेका छन ।
जिल्लामा संचालित एम्बुलेंसको नम्बर , चालकको नम्बर , सवारी धनिको ठेगानाको विबरण समेत प्रस्ट देखिएका छन ।