राकेश यादव, १८ भाद्र
रौतहट जिल्लाको दक्षिणी भेगमा हिन्दू धर्म माननेलाइ विभिन्न किसिमको आर्थिक ,भौतिक प्रलोभन दिएर धर्म परिवर्तन गराउने गिरोह सक्रीय भएका छन । क्रिश्चन धर्म प्रति आस्था जगाउने कार्य तीब्र रुपमा बढ्दै गएकोले हिन्दू धर्म नस्ट हुने खतरा बढेका हुन ।
सदरमुकाम गौर र छिमेकी नगरपालिका गाउँपालिकामा गिरोह आफ्नो गतिविधि निर्धक्क रुपमा सञ्चालन गर्दै आएपनि निरुत्साहित गर्ने तर्फमा कोही सक्रीय देखिएका छैन । स्थानीय प्रसाशन पनि मौन बसेका छन । स्थानीय राजदेवी नगरपालिकाको वड़ा नम्बर ७ मुड़वालबामा उक्त समूहले करीव ३५ जना महिलालाइ धर्म परिवर्तन गरिसकेको बुझिएको छ ।
स्थानीय शंकर राय यादवको दरवाजामा विगत ६ महीना देखि आउने २ जना पहाड़ी समुदायका युवा युवतीले आर्थिक तथा भ्रामक प्रलोभन देखाएर आफ्नो समूहका सदस्य बनाएका स्थानीयहरुले बताएका छन । गौर नगरपालिका वड़ा नम्बर ५ मा डेरा गरी बसेका इसा धर्मका युवा युवतीहरुले प्रत्येक शनिवार आउने र भेला गरेर क्रिश्चन धर्म मान्नु पर्ने भन्दै लालच दिने गरेको छ ।
दलित समुदायका चमार, नुनिया जातिका सदस्य भएका महिलाहरु मैजिक भाडामा लिएर केहि दिन अघि सो गाउबाट ३५ जना महिला चन्द्रनिगाहपुरमा बैठकमा सहभागी हुन गएको थियो । गोप्य रुपमा सीधा साधा महिलाहरुलाई आफ्नो शिकार बनाउने गरेका त्यों समूहलाइ पक्राउ गरी कÞानूनी कार्यवाही गरिनु पर्ने स्थानीय बुद्धिजीवीहरुले बताएका छन ।
समूहमा सहभागी भएकी स्थानीय एक दलित समुदायकी महिलाले आफ्नो घरमा हिन्दू धर्म अनुसारको रीती रिवाज समेत परित्याग गरेकी छीन । उनले शरीरमा भएको पीड़ा समूहमा सहभागी भएपछि नस्ट भएको भन्दै त्यही धर्म अपनाउने अड़ान लिएर अरु महिलालाइ जानू पर्ने सुझाव दिने गरेकोले त्यसको संख्या बढ़न सकिने आशंका रहेकोले त्यसलाई समयमै नियंत्रण गर्नु पर्ने जरुरी रहेको छ ।
गएको आषाढ़ २७, २८ गते आएको विनाशकारी बाढि़ पछि ती समूहले बाढि़ पीडि़तलाइ राहत सामग्री दिने , घर बनाइदिने , जस्ता पत्ता ,पाल लगायतका सामान दिने प्रलोभन दिने गरेको छ । भावुक स्वभावका तथा कसैको कुरामा छिटै विश्वास गर्न सकिने खालका महिलाहरु अघि पछि केहि विचार नगरी त्यसको जालमा फस्दै गइरहेका छन । हिन्दू धर्म माननेलाइ ईशा मसिको शिष्य बनाउने गिरोहले गाईको रगत तथा मासु खुवाउने गरेको बुझिएको छ । हिन्दू धर्म माने पछि दुखकास्ट हुने , इशाई धर्म अपनाएपछि केहि नहुने जस्ता भ्रामक कुरो गर्ने गरेको छ ।
क्रिश्चन बनेपछि हाथमा चुरा ,निधारमा सिंदूर घाँटीमा पोते ,लगाउनु हुदैन ,विरामी भएपछि डाक्टर समक्ष उपचार गराउन जानू पर्दैन आफै निको भइँंन्छ , मृत्यु भएपछि दाह संस्कार गर्नु पर्दे ,घरपरिवारको व्यव्हार देखि छूटै व्यव्हार गर्नु पर्ने ,मरेपछि समूहका सदस्यहरु आएर दफन गर्ने , मृत्यु पछि सीधै गुरुको शरणमा जाने जस्ता अन्धविश्वासका कुरा सिकाउने गरेको गिरोहलाइ स्थानीय युवाहरु समात्न सक्रीय भएका छन । धर्म परिवर्तन गराउने गिरोह सक्रीय भएको सार्वजानिक भएपछि स्थानीय युवाहरु गिरोहका सदस्यहरुलाई नियंत्रणमा लिएर शारीरिक यातना दिएर प्रहरीको जिम्मा लगाउने तरखरमा देखिएका छन ।
हिन्दू धर्म माथि खुलेयाम प्रहार भईरहदा पनि हिन्दू धर्मका रक्षकहरु केहि तत्परता देखाइरहेका छैन । स्थानीय ,प्रादेशिक र संघीय सरकारले सक्रियता देखाईएन भने यसको संख्या हवात बढ़ने छन ।