२५ मङ्सिर
रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ६ पथरा बुधराम स्थित रहेका श्री माध्यमिक विद्यालय का विद्यार्थीहरुले किरा भएको खाजा दिने गरेको बताएका छन ।
प्राथमिक तहमा ध्यान गर्ने बाल बालिका हरुले विद्यालयका प्राध्यानध्यापक राजेन्द्र साहले दिवा खाजामा किरा युक्त खिचड़ी र पानीको मात्रा देरी भएको चाउ चाउ दिने गरेको बताएका छन ।
पौषटिकयुक्त आहार खाजा खुवाउनु पर्ने संघीय सरकारको शिक्षा मंत्रालयले दिएको निर्देशनको धज्जिया उड़ाउदै प्राध्यानध्यापक साहले बाल बालिकाहरुलाई स्वास्थ्यमा प्रभाव पर्ने खजामा जंगक फूड विस्कुट दिदै आएको छ । ५ रुपैया पर्ने चाउ चाउ बाल बालिका हरुलाई वितरण गर्ने गरेको छ । कक्षा २ मा अध्यन गर्ने बालबालिकाहरुले खाजाको विरुद्ध मा गुनासो गर्दा शिक्षक ले कुटपिट गर्ने धमकी त्रास दिने गरेको बताएका छन ।
विद्यालयका शिक्षा दीपेन्द्र चौधरीले नगरपालिकाले समय मा रकम निकासा नदिएकोले उधारो खाजा खरीद गरेर विद्यार्थीलाइ दिने गरेको बताएका छन । प्राध्यानध्यापक साहले नगरपालिकाको निर्देशनमा विद्यालयमा खाजा बनाएर खुवाउने गरेको बताएका छन । प्रति दिन फरक फरक ढंगको खाजा दिने गरेको समेत उनले दावी गरे ।
निमित प्राध्यानध्यापक रामविश्वास प्रसादले खाजाको विषयमा प्राध्यानध्यापक र लेखापाललाइ जानकारी रहेको बताएका छन ।
विद्यार्थीहरुलाई शिक्षकहरुले कोही त्रास नदिएको बताउँदै उनले प्र अ र श लेखापालहरुले यस्तो व्यव्हार गर्ने गरेको बताए । प्रमुख प्रसाशकीय अधिकृत सिकेन्द्र प्रसाद साहले खाजा बापतको रकम समयमा उपलब्ध गराउँदै आएको बताएका छन । उनले विद्यार्थीको साथ गरिएको व्यव्हारको विषयमा छानविन गर्ने प्रतिवद्धता जनाए ।