रौतहट । भदौ । रेडियो कार्यक्रम “एक दुई तिन, सुनौ एकै छिन” सुन्दा अत्याधिक फाईदा भई रहेको श्रोताहरु बताउँछन् ।
परिवार नियोजन र सुरक्षित गर्भपतन सेवाको वारेमा जानकारी राख्नु अहिले सबैलाई एक दम जरुरी छ । सुखी र समृद्ध परिवारको लागि ई जानकारीहरुको आवश्यक्ता पर्दछ् । परिवारलाई सुखी बनाउने जिम्मेवारी महिला र पुरुषको काँधमा हुन्छ । महिला र पुरुषले आफ्नो परिवारको योजना बनाएर अगाडी बढे पछि परिवारमा समृद्धि आउँछ,परिवार सुखि हुन्छ । अहिले सम्म पनि ग्रामिण भेगमा परिवार नियोजनको साधन तथा सुरक्षित गर्भपतन सेवाको वारेमे रहेको जानकारीको कमीले गर्दा धेरैलाई समस्या हुदै आएको छ । पब्लिक सर्भिस ईन्टरनेशनलको सहयोग र काठमाण्डौको रेडियो अडियोको सहकार्यमा रौतहट एफ एम ९०.८ मेगाहर्जले महिला प्रजनन् स्वास्थ्य सम्बन्धि रेडियो कार्यक्रम “एक दुई तिन सुनौ, एकै छिन” संचालन गर्दै आएको छ ।
अझै पनि हाम्रो जिल्लामा धेरै जनालाई प्रजनन् स्वास्थ्यको वारेमा जानकारी न रहेकोले गर्दा धेरै नै समस्या हुदै आएको रेडियो कार्यक्रम “एक दुई तिन सुनौ, एकै छिन” रौतहट एफ एमका कार्यक्रम संयोजक चञ्चल कुमार झाले बताए । जिल्लाकै पहिलो रेडियोको रुपमा स्थापना भएको रौतहट एफएमले संचालन काल देखि नै विभिन्न किसिमका जनचेतनामुलक रेडियो कार्यक्रम संचालन गर्दै आई रहेको छ ।
शिक्षा,स्वास्थ्य,लैंगिक हिंसा,महिला हिंसा लगायत जनमानससंग प्रत्यक्ष सरोकार राख्ने रेडियो कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारीको अभावले गर्दा महिलाहरु अन्यौलमा रहेको समयमा कार्यक्रम एक दुई तिन मार्फत महिलाहरुको स्वास्थ्य सम्बन्धि जानकारी भई रहेको स्थानियहरु बताउछन् । रेडियो कार्यक्रम “एक दुई तिन सुनौ, एकै छिन” खास गरेर १५ वर्ष देखि ४९ वर्षको प्रजनन् उमेरको महिलाहरुको लागि अत्याधिक लाभदायक रहेको छ ।
आफ्नो परिवारको योजना बनाउनु किन आवश्यक रहेको र योजना कसरी बनाउने सम्बन्धि जानकारी न रहेकोले परिवारको संख्या बढ्दै गईरहेको र ठुलो परिवार बने पछि परिवारको सदस्यहरुको आवश्यक्ता पुर्ती गर्न कठिनाई हुदै आएको छ । यसमा रेडियो कार्यक्रम एक दुई तिनले सराहनिय भुमिका खेलेके एक जना रेडियो नियमित सुन्ने श्रोताले बताए । आधुनिक युग आए पनि टेलिभिजन,पत्रपत्रिका,ईन्टरनेटको पहुँच हरेक ठाउँमा पुग्न सकेको छैन् । तर रेडियोको मात्र हरेक ठाउँमा पहुँच रहेकोले रेडियोबाट गुञ्जने कार्यक्रमहरु तथा अन्य जानकारीहरु मान्छेहरु समक्ष पुगिरहेकोले त्यसले निकै प्रभाव पारेको जानकारहरुको ठ्म्याई रहेको छ । त्यसमा पनि प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी अपर्हिार्य रहेकोले त्यस सम्बन्धि जानकारी भएको रेडियो कार्यक्रम एक दुई तिनबाट धेरै महिला तथा पुरुषहरु सचेत भएका छन् ।
कार्यक्रममा परिवारको योजना बनाउनुको फायदा, योजना कसरी बनाउने, परिवार नियोजनको साधन प्रयोग गरे पश्चात हुने फाईदाहरु,औषधी द्वारा गराई सुरक्षित गर्भपतन, सुरक्षित गर्भपतन सेवाले हुने फाईदा,असुरक्षित गर्भपतनबाट हुने नकारात्मक असर र वेफाईदाहरु, महिलाले निर्णय लिनुको फायदा, पुरुषको साथ र सहयोग लगायतका कुराहरुको वारेमा राम्ररी जानकारी गराउने भएकोले यस कार्यक्रमलाई महिला र पुरुष मात्र न भएर किशोरकिशोरीले समेत मन पराएका छन् ।
पि.एस.आई नेपालको सहयोगमा तयार हुदै आएको कार्यक्रम “एक दुई तिन, सुनौ, एकै छिन” कार्यक्रममा समावेस गरिएको विषयवस्तुहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा,सुचना तथा संचार केन्द्रबाट प्रमाणित रहेकोले अत्याधिक प्रभावकारी रहेको छ । स्वास्थ्य प्रति गैर जिम्मेवार हुनु हुदैन् यो कुरा सबैलाई थाह नै छ त्यसमा पनि प्रजनन् स्वास्थ्य सम्बन्धि अलिकति तल माथि भएमा ठुलै समस्या निम्त्याउन सक्छ । त्यही भएर महिलाको स्वास्थ्य प्रति पुरुषले पनि सचेत हुनु पर्छ ।कार्यक्रम “एक दुई तिन सुनौ, एकै छिन”मा परिवार नियोजनको स्थायी तथा अस्थायी साधनहरु, आकस्मिक गर्भनिरोधक चक्की,सुरक्षित गर्भपतन सेवा प्रोत्साहित गर्ने कार्यक्रम रहेको कार्यक्रम प्रस्तोता झाको भनाई रहेको छ ।
एक त हाम्रो तिरका महिलाहरु यस विषयमा कुरा गर्न खुल्न सकेका छैनन् , गर्भपतन गराउनु महिलाको अधिकार रहे पनि डर र लाजको कारण औषधी पसलहरुबाट औषधी किनेर त्यसको सेवन गरि असुरक्षित गर्भपतन गराउँदै आएको देखिन्छ । ठर र लाज तथा जानकारीको कमीका कारण त्यता ति जानु हुन्छ । नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिए पनि छिमेकी मुलुक भारत नेपाल विचको खुल्ला सिमा रहेकोले हाम्रो रौतहट जिल्लामा उताबाट विभिन्न किसिमका गर्भपतन गराउने सस्तो खााले औषधीहरु किनेर ल्उयाउने यहा आफ्नो पसलमा राखेर ठुलै पैसा लिएर असुरक्षित गर्भपतन गर्दै आएकोले त्यस्ता पसले तर्फ न गएर नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्था गई सुरक्षित गर्भपतन गराउनको लागि प्रोत्साहन गर्ने कार्यक्रमको अभिभारा समेत रहेको वहाँ बताउनु हुन्छ ।
मान्यता प्राप्त न भएको क्लिनिक र औषधी पसलेहरुलाई त्यस सम्बन्धि कुनै किसिमको जानकारी न भएकोले ठुलो समस्या निम्त्याउन सक्ने भएकोले कार्यक्रम “एक दुई तिन सुनौ, एकै छिन” मार्फत सुरक्षित गर्भपतन गराउने तर्पm प्रोत्साहित गर्ने उद्धेश्य रहेको छ । परिवारलाई सुखि र समृद्ध बनाउने महिला पुरुषको जिम्मेवारी रहेकोले प्रजनन् स्वास्थ्यको वारेमा पनि समयमै सचेत हुनु पनि महिला पुरुषको दायित्व रहेको छ ।
पब्लिक सर्भिस ईन्टरनेशनलको सहयोग र काठमाण्डौको रेडियो अडियोको सहकार्यमा कार्यक्रम “एक दुई तिन सुनौ, एकै छिन” विभिन्न १५ वटा रेडियो स्टेशनबाट स्थानिय भाषामा बज्ने गरेको छ । रौतहट एफ एमले स्थानिय भाषा बज्जिकामा हरेक सोमवार साँझ ५ बजे देखि नियमित बजाउँदै आएको छ भने कार्यक्रमको पुनः प्रशारण मंगलवार विहान ८ बजे देखि हुन्छ ।