रौतहट, २२ पुस । गढीमाई नगरपालिकामा भाग्यमानी कन्ट्रक्सनले वगमती नदीबाट खोलाजन्य बस्तुको निकासीको ठेक्का सकार गरे वापत बैंकको कागज किर्ते गरेर एक कराड ६० लाखको नक्कली बैंक ग्यारेन्टी नगरपालिकामा पेश गरेपछि छानविन सुरु भएको छ ।
गढीमाई नगरपालिकाबाट वागमती नदीबाट खोलाजन्य बस्तुको निकासीका लागि आहवान गरेको बोलपत्रको आधारमा ३ करोड २५ लाखमा गत भदौ २१ मा भाग्यमानी कन्ट्रक्सनले ठेक्का सकार गरेर गत असोज १ गते देखि वागमती नदीबाट खोलाजन्य बस्तुको निर्वाध रुपमा निकासी गर्दै आएका थिए
उक्त कन्ट्रक्सनले ८५ लाख नगद नगरपालिकामा जम्मा गरेर अस्थायी ठेक्का पाएर खोलाजन्य बस्तुहरुको निकासी सुरु गरेको थियो । नगरपालिकाले पटक पटक ताकेता गर्दा पुस ९ गते थप ५० लाख जम्मा गर्दा नगरपालिकाबाट पुरै रकम जम्मा गर्न नयर कार्यपालिकाको वैठकबाट एक साता भित्र जम्म गर्न लिखित रुपमा पत्राचार गर्दा कन्ट्रक्सनका प्रोपराइटरले राष्ट्रिय वाणिज्य वैंक गौर शाखाबाट एक करोड ६० लाखको बैक प्रोफेसमेन्ट बोण्ड पेपर नगरपालिकामा दिएर स्थायी पटा दिन दवाव दिए ।
राष्ट्रिय वाणिज्य वैंक गौर शाखाबाट एक करोड ६० लाखको बैक प्रोफेसमेन्ट बोण्ड पेपरलाई नगरपालिकाको लेखा शाखाले अध्ययन गर्दा १० स्थानमा शंका उत्पन्न भएपछि राबा बैंक गौर शाखामा बुझदा उक्त कन्ट्रक्सनको राधेश्याम साहको नाममा कुनैपनि बैक प्रोफेसमेन्ट बोण्ड पेपर जारी नभएको जानकारी दिएको लेखापाल कामेश्वर सहनीले बताए ।
पुस ९ गते राबा बंैक गौर शाखाबाट जारी गरिएको नक्कली बैक प्रोफेसमेन्ट बोण्ड पेपर लिएर गौर शाखामा लिखित जानकारी लिन खोज्दा पुस १८ गते राबा बैंक गौर शाखाबाट भाग्यमानी कन्ट्रक्सन कम्पनी बसुन्धारा काठमाण्डौका प्रोपराइटर राधेश्याम साहले बैंकको फर्म, छापा र प्रबन्धकको हस्ताक्षर किर्ते गरेको प्रामाणित गरेपछि नगरपालिकाको प्रशासकीय अधिकृतलाई उक्त कन्ट्रक्सन विरुद्ध कानुनी कारवाही गर्न जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय गरुडामा उजरी गरेको लेखापाल सहनीले बताए ।
रावा बैंक गौर शाखाका प्रबन्धक सुमितकुमार ठाकुरले बैंकको नाममा कीर्ते गरेको प्रमाणित गरपछि गत शुक्रबार नै भाग्यमानी कन्ट्रक्सनको ठेक्क रद्द गरेर किर्ते गर्नेहरु विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजरी गरिएको नगरपालिकाले जनाएको छ । ठेक्का रद्द भएपछि स्थानीयहरुलाई खोलाजन्य बस्तुहरु निर्वाध रुपमा विक्री वितरण गर्न नपाले कर्मचारीको मार्फत अमानतमा निकासी गराउन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए । त्यती मात्रै भई नगरपालिकाले पुन ः खोलाजन्य बस्तु निकासीको लागि टेण्डर आहवान गरेको उनले भने ।
सुनियोजित रुपमा यस नगरपालिकालाई बदनाम गराउने उद्देश्यबाट रचिएको षड्यन्त्रमा लेखापाल सहनीको बुद्धिमानीले गर्दा कर्मचारीहरु जागिएको नत्र हामीहरुको कैरियरलाई समेत धरापमा पर्ने खोन्ने त्यस्ता जालसाज व्यक्तिहरुलाई हदै सम्म कारवाही हुुनुपर्ने माग गरे ।
गढीमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादवले नियमप्रक्रिया पुरा गरेर ठेक्का सकार गरेपनि भाग्यमानीको नियतमा खोट रहेको र कर्मचारी सहित निर्वाचित जनप्रतिनिधिहरुलाई फसाउने जालो बुनेको तर उ आफै आफनो जालोमा फसेको हुदा त्यस्ता व्यवससायीको विरुद्ध नगरपालिकाबाट कठोर भन्दा कठोर कानुनी कारवाही गराउने पहल गरिरहेको बताए । नगरपालिकाको कर्मचारी वा जनप्रतिनिधि उक्त किर्ते कार्यमा संलग्न नरहेका यदी ठहर भएमा कानुन बमोजिम कारवाही सहन आफू तयार रहेको स्पष्ट पारे ।
ठूलो रकम हजम गर्ने उर्देश्यबाट बैंकको नक्कली कागजात र हस्ताक्षर किर्ते गर्ने भाग्यमानी कन्ट्रक्सन विरुद्ध तत्कालै प्रहरी कारवाही प्रक्रिया सुरु गरेको जानकारी दिदै डिएुसपी नविन कार्कीले आरोपित साहको गौर स्थित घरमा छापा मार्दा अन्य बंैकको नक्कली छाप, अन्य नगरपालिकाको बैक प्रोफेसमेन्ट बोण्ड पेपरहरु लगायत विभिन्न किर्ते कागजातहरु बरामद भएको छ । भाग्यमानीका प्रोपराइटर साहको दाजु रामानन्द साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा धेरै जानकारीहरु प्राप्त भएपनि निजलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको बताए ।