रौतहट लगायत मुलुक भरी चर्चाको विषय भएको रौतहटको राजपुर फरहदवा बम काण्डमा नया मोड़ आएको छ ।
जिउदै जलाएर मारेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं पूर्व मंत्री महमद आफताव आलमको थुन्छेक बहस जारी रहदा ईटा भट्टामा मारिएको भनिएको ओसी अख्तरको श्रीमतीले लोग्ने जिउदै रहेको र बैदेशिक रोजगारीको लागि विदेश गएको भनी लिखित निवेदन रौतहट जिल्ला अदालतमा दिएपछि आलम काण्डमा अर्को मोड़ लिएको हो ।
अर्का मृतक त्रिलोक प्रताप सिंह पिंटू पनि अपहरण शरीर बंधक मुद्दामा २०६४ सालको फरार अभियुक्त रहेको देखिएको छ । गएको असोज २६ गते पक्राउ परेका आलमको विहिवार व्यान सकिए पछि जहरवाला र नेपाल सरकार पक्षका कानून व्यवसायीहरुको बहस शुरू भएको छ ।
बहस शुरू रहदा कै बखतमा मृतकको श्रीमती आमना खातूनको यस्तो निवेदन पर्दा मुद्दाको सुनवाई प्रक्रियामा नया मोड़ लिएकोले आदेशमा यसको प्रत्यक्ष असर पर्न सक्ने अवस्था सृजना भएको छ । आलमलाइ थुनामा राखेर मुद्दा पुरपक्ष गर्नु पर्ने पक्षमा सरकारका वकीलहरुले बहस गरी रहदा मृतकको पत्नी खातून निवेदन लिएर इजलास मै पुगे पछि उपस्थित भएका विद्वानहरु आश्चर्य चकित भएको थियो ।
यद्पि निवेदन दर्ता गरिएको छैन । स्रोतका अनुसार निवेदन लिएर को गएको भए पनि दर्ता गरिएको छैन । पछि दर्ता समेत हुने अनुमान गरिएको छ ।
थुन्छेक बहस जारी सरकारी पक्षको बहस सकियो
बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलंवित सांसद एवं पूर्व मंत्री महमद आफताव आलमको थुन्छेक बहस दोस्रो दिन पनि जारी रह्यो । विहिवार देखि शुरू भएको थुन्छेक बहस शुक्रवार पनि जारी रह्यो ।
नेपाल सरकार र जाहेरबाला पक्षको बहस संपन्न भएको छ प्रतिवादी आलम पक्षको बहस सोमवार देखि शुरू हुने भएको छ । आइतवार सार्वजानिक विदा भएकोले बहस सोमवार देखि शुरू हुने जिल्ला अदालतले जनाएको छ ।
अहिले सम्म जिल्ला सरकारी वकील कार्यालय रौतहटका जिल्ला न्यायधिवक्ता खडिण्द्र राज कटुवाल सहित १२ जना कानून व्यवसायीले विपक्षमा बहस गरेका छन । पहिलो दिन ३ जना र दोस्रो दिन ९ जना बहस गरेका थिए ।
महान्यायधिवक्ता कार्यालयका उप महान्यायधिवक्ता अर्जुन कोइराला , सह न्यायधिवक्ता सूर्य राज दहाल , पर्सा जिल्ला न्यायधिवक्ता रूद्र प्रसाद पंथी , रौतहट जिल्लाका सह न्यायधिवक्ता राम प्रसाद पंथी , वरिष्ठ अधिवक्ता डाक्टर युवराज संग्रौला , वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य , अधिवक्ता गोविन्द शर्मा बंदी , अधिवक्ता ओमप्रकाश अर्याल , अधिवक्ता शालिग्राम कार्की , अधिवक्ता मनीष कुमार श्रेष्ठ , अधिवक्ता पुष्पराज पौडेलको थुन्छेक बहस सकिएको आलमका कानून व्यवसायी आफताव आलमले जानकारी दिएका छन ।
आलमको पक्षमा बहस गर्ने ३४ कानून व्यवसायीहरुले सोमवार देखि आफ्नो कÞानूनी तर्क राखिने कानून व्यवसायी आलमले बताएका छन । २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचन अंतर्गत मतदानको पूर्व संध्या चैत्र २७ गते भएको बम विस्फोटमा घाइते भएका त्रिलोक प्रताप सिंह पिंटू र ओसी अख्तरलाइ ईटा भट्टामा जलाएको आरोपमा पूर्व मंत्री आलम गएको २६ गते पक्राउ परेको थियो ।