राकेश यादव , २४ कार्तिक
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाका नगर प्रमुख राजीव रंजन यादव राजूले नेकपाका रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहलाइ मुलुक कै सवै भन्दा ठूलो भ्रस्टाचारीको संज्ञा दिएका छन ।
मौलापुर नगरपालिका वड़ा नम्बर ६ पथरा बुधराममा समाजवादी पार्टी वड़ा कमिटीले विहिवार आयोजना गरेको दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै मेयर यादवले एउटै योजनाको तीन पटक सम्म भुक्तानी लिने सांसद साह १ नम्बरको भ्रस्टाचारी जनता ठग्ने नेता रहेको चर्को आलोचना गरेका छन । सांसद साहको नगरपालिकामा आयोजित कार्यक्रममा यस्तो आलोचना गरेको हो ।
प्रदेश सरकार भ्रस्टाचारमा चुर्लुम भएको टिप्पणी गर्दै हिड्ने नेकपाका नेतालाइ आफ्नै पार्टीको ठूलो नेता बलात्कारी रहेको देखाई दिदैन भन्दै मेयर यादवले स्थानीय तहमा आफ्नो श्रीमतीलाइ मेयर बनाएर घरमा नगरपालिका सञ्चालन गर्दै आएको आरोप लगाए । पूर्व सभामुख कृष्ण बहादुर महरा र मुख्य मंत्री शेरधन राई बलात्कारको आरोपित भएको उदहारण दिदै मेयर यादवले भने सर्वहारा जनताको पार्टी भएको भन्ने पार्टी बलात्कारी र भ्रस्टचारी रहेको छ ।
बौधिमाई नगरपालिकालाइ विकास नभएको नगरपालिका भन्ने सांसद साहलाइ आफ्नो नगरपालिकामा के कति विकास गरेको भनी प्रश्न समेत गरे । शहरी विकास मंत्री भएको बखतमा ४ अर्व बजेट विनियोजन गरेर विकास प्रेमी नेताको नक्क्ली प्रचार प्रसार गराउने गरेको बताए । सांसद साहले आफ्नै नगरपालिकामा एक बर्षमा सावा करोड़को ईंधन खर्च गरेको बताए ।
बौधिमाई नगरपालिकाले एक वर्षमा सवै भन्दा कम ६ लाखको ईंधन खर्च गरेको बताउँदै सावा करोड़को ईंधन खर्चको हिसाव जनता समक्ष दिनु पर्ने जोड़ दिए । अरुको विकासलाइ आफुले विकास गरेको गलत प्रचार प्रसार गर्ने नेता साह सित निर्भय रुपमा हिसाव किताब माग्न स्थानीय सित आग्रह गरे ।
आफ्नो नगरपालिका भन्दा करीव २ करोड़ बढ़ी बजेट भएको मौलापुर नगरपालिकाको वड़ा स्तरीय बजेट विनियोजन ३० देखि ५३ लाख सम्म किन गरिदै आएको भन्दै मेयर यादवले आफुले प्रत्येक वड़ालाइ एक करोड़को हारहारीमा विकासको लागि बजेट विनियोजन गर्दै आएको जानकारी गराए । मेयर यादवले संघीय सरकारका सामान्य प्रसाशन मंत्री लालबाबू पंडित माथि आक्रोशित हुदै संघीय सरकारले स्थानीय तहलाइ समाप्त पर्ने सडयंत्र गरिरहेको आरोप लगाए ।
समयमा कर्मचारी नपठाएर संघीय सरकारले स्थानीय सरकारलाइ कमजोर बनाऊं खोजेको उहाको भनाइ रहेको छ । मेयर यादवले भौतिकपूर्वाधारको विकासले पूर्ण रुपमा विकास नहुने भन्दै शिक्षा स्वास्थ्य ,चेतना ,अभिबृद्धिको विकास हुनु पर्ने जोड़ दिए ।
लोकतन्त्रमा सवैको आफ्नो अधिकारको आवाज उठाउनु पर्ने अधिकार भएकोले नगरपालिकामा हुने विकास निर्माणको योजनाको विषयमा सोधपुछ गर्न सवैलाइ आग्रह गरे ।
शुभकामना आदान प्रदान कार्यक्रम संपन्न
रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ६ पथरा बुधराममा समाजवादी पार्टी वड़ा कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम विहिवार संपन्न भएको छ ।
शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश २ का प्रदेश सांसद राम किशोर यादवले नेकपा पार्टी प्रति आक्रोश जनाउँदै संघीयता समाप्त पर्ने सडयंत्र गर्दै आएको आरोप लगाएका छन ।
संघीयता विरोधी र मधेशी आदिवासी ,जनजाति , थारू , मुस्लिम विरोधी सरकारको रुपमा रहेका संघीय सरकारले प्रदेश २ लाइ बदनाम गर्ने नियत लिएको दावी गरे ।
संविधान संशोधनको बहाना बनाउदै केंद्र सरकारले मधेशी जनताको अधिकार नदिने पक्षमा रहेकोले आंदोलन गर्न सवैले कमर कसेर तयारी रहन अपील गरे । जनताको भ्रमित पार्दै आएको नेतालाइ जवाव दिनु पर्ने भन्दै नेकपा का सांसद प्रभु साह बजेट अनियमितता गर्दै आएको आरोप लगाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका उपाध्यक्ष राम आसीस यादव , बौधिमाई नगरपालिकाका मेयर राजीव रंजन यादव , उपमेयर प्रेमलता कुशवाहा ,पूर्व जिल्ला उपाध्यक्ष श्यामविहारी यादव , शिक्षा फोरमका कामेश्वर यादव , युवा नेता लखीन्द्र यादव लगायतका नेताहरुले नेकपा माथि खन्दिै भ्रस्टाचारीको संघीय सरकार बढ़ावा दिएको बताएका थिए ।