राकेश यादव , २९ कार्तिक
बम विस्फोटमा परी घाइते भएका २ जनालाइ जिउदै चिमनीमा जलाएको अभियोगमा पक्राउ परेका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका निलंवित प्रतिनिधि सभा सदस्य एवं पूर्व मंत्री महमद आफताव आलमलाइ रौतहट जिल्ला अदालत गौरले पुरपक्षको लागि कारागार चलान गरेको छ ।
१० दिन सम्मको थुन्छेक बहस सकी पछि जिल्ला न्यायधीश दीपक ढकालको एकल इजलासले आलमलाइ थुनामा राखेर मुद्दाको पुरपक्ष गर्न आदेश दिएको हो । कार्तिक १८ गते अभियोग पत्र सहित पेश गरिएको आलमको बयान सकिए पछि बुधवार देखि थुन्छेक बहस शुरू भएको थियो र ८ औ दिन आदेश आएको छ ।
जिल्ला अदालतका उपसचिव गुणराज पराजुलीले अदालतले कर्तव्य ज्यान , बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगको आरोपित आलमलाइ मुद्दाको विशेषता ,गंभीरता , सम्वेंदनशीलतालाइ ध्यानमा राख्दै पछि हुँने गरी हाललाइ मुलुकी फौजदारी कार्य्विधि संहिंता २०७४ को दफा ६७ को उपदफा १ ख बमोजिम थुनामा राखेर मुद्दाको पुरपक्ष गर्ने आदेश भएको जनाएका छन ।
अदालतले आरोपित उच्च रक्तचाप तथा मधुमेह रोगको विरामी भएकोले सुविधा संपन्न अस्पतालबाट उपचार गराउने व्यवस्था मिलाउन समेत कारागार कार्यालयलाई आदेश दिएको श्रेस्तेदार पराजुलीले बताए । जाहेरवाला तथा नेपाल सरकारको साक्षीको समेत ज्यू ज्यान धनको सुरक्षा व्यवस्था मिलाउने गरी सामरक्षात्मक आदेश दिएको छ । सुविधा संपन्न कारागारमा हस्तान्तरण गर्नु पर्ने भएमा कारागार व्यवस्थापन विभागलाइ समेत अनुमति प्रदान गरेको छ । १० पृष्ठको आदेश साझ ६ बजेर १५ मिनेटमा सार्वजानिक गरिएको थियो ।
आलमलाइ लिएर सदरमुकाम गौरको विभिन्न ठाउ लगायत अदालतको वरिपरि व्यापक सुरक्षा व्यवस्था कड़ा बनाइएको थियो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा पछि भएको पहिलो संविधान सभाको निर्वाचनको मतदान पूर्व संध्या २०६४ चैत्र २७ गते बेलुकी साढ़े ६ बजेको समयमा आफ्नो काका शेख इदरीसको गोठमा बूथ क्याप्चरिंग गर्ने उदेश्यले बनाउन लागेको वम विस्फोट हुदा घाइते भएका छोरा त्रिलोक प्रताप सिंह पिंटू र ओसी अख्तर घाइते भएकोमा उपचार गराउनुको साटो जिउदै ईटा भट्टामा हालेर लाश समेत गाएव गरेको भन्दै मृतक पिंटूका बूबा श्रीनारायण सिंह र अख्तरका आमा रोक्साना खातूनले दिएको कीटाणी जाहेरीको आधारमा आलमलाइ रौतहट प्रहरीले घटना भएको ११ वर्ष पछि गएको असोज २६ गतेका दिन इदरीस गेट नजिकबाट हिरासतमा लिएका थिए ।
आदेश पछि आखा भरी आसु लिएर आलम अदालतबाट बहिरिएका थिए संचारकर्मीले सोधे पानी आलमले मौन बसे । अभियोजनकर्ता नेपाल सरकारको तर्फबाट सह न्यायधिवक्ता सूर्य राज दहाल ,उपन्यायधिवक्ता अर्जुन प्रसाद कोइराला ,विद्वान जिल्ला न्यायधिवक्ता खडिण्ड्रा राज कटुवाल , रूद्र प्रसाद पंथी , सहायक जिल्ला न्यायधिवक्ता राम प्रसाद पंथी सहित ५ जनाले थुन्छेक बहस गरेका थिए ।
जाहेरवाला श्री नारायण सिंहको तर्फबाट वरिष्ठ अधिवक्ताहरु डाक्टर युराज संग्रौला , डाक्टर श्री कुमार शर्मा आचार्य , दिनेश त्रिपाठी , अधिवक्ता आशिकराम कार्की , गोविन्द शर्मा बंदी , पुष्पराज पौडेल , ओमप्रकाश अर्याल र मनीष कुमार श्रेष्ठ गरी ८ जनाले बहस गरेका थिए ।
प्रतिवादी आलमको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरु प्रेम बहादुर खडका , अनिरुद्ध महतो , शेर बहादुर केसी ,रमन कुमार श्रेष्ठ , यदुनाथ खनाल , गोपाल कृष्ण घिमिरे , अधिवक्ताहरु ब्रह्मदेव प्रसाद ,सुनील पोखरेल ,योगेंद्र बहादुर अधिकारी , सतीश कुमार झा , लालबाबू राय यादव , संजीव कुमार मल्लिक , कृष्ण घिमिरे , रामदरेश प्रसाद , रामविनोद कुमार गिरी , अनंत अधिकारी , मोहमद मजरुल हकÞ , राजाराम राय यादव , हरिशंकर प्रसाद साह , नन्द किशोर साह , रामविनोद प्रसाद पटेल , सुरेश तिवारी , सवुरीलाल ठाकुर रामबहादुर दास , शेख आविद हुसैन , किशोर राउत , आफताव आलम र अजय कुमार पटेल सहित २८ जनाले प्रतिरक्षात्मक बहस गरेका थिए ।
अदालत समक्ष आलमले व्यान गर्दा राजनितिक प्रतिशोध साध्नको लागि झूठा आरोप लगाएको भनी जिकिर गरेका थिए । निर्वाचनको समयमा बम विस्फोट भएको भनी जाहेरवाला श्रीनारायण सिंह राजपूत , सफी अहमद .शंकर भनिने गौरीशंकर राम .प्रहरी निरीक्षक पपु नायक , प्रहरी नायव निरीक्षक दीपकं कुमार गुप्ता गवाह रहेका छन भनी घटना देखने हरुमा सरजूल मिया , मेवालाल राय यादव , रवि कुमार , रामसागरथ यादव , धरीक्षण साह तेली ,शिव साह कानू , असगर अली खा ,राजेश कुमार , शैलेन्द्र साह , उदय नारायण साह , राम बहादुर साह , सुनार राम , विजेंद्र साह , शेख ओलजाहिर , राजेश प्रसाद सहनी , उमा शंकर साह , गेनालाल साह कानू ,शंकर साह तेली , परिक्षण साह तेली , र हरिनारायण साह रहेका छन ।
अभियोग पत्रमा उल्लेखित घटना भएको सुनने हरुमा समसुल मिया , मोहमद जाजुल मिया , आमना खातून , ओहिद मिया कवाड़ी ,सहजान खातून , कलाम मिया , जफरुल मिया , कमला देवी सिंह , जालिफ अंसारी , लखींद्र पटेल प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुबेदी ,प्रहरी नायव उपरीक्षक राजीव बहादुर बस्नेत , प्रहरी नायव निरीक्षक ईश्वर विक्रम साह , पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक किरण कुमार गौतम , पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणा , प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम कड़ेल अनुसन्धानको क्रममा कागज गरेका हुन । अभियोग पत्रमा कागज गर्नेहरुलाई समेत बुझी पाउनलाइ मांग गरिएको छ ।