रौतहट जिल्लाको मौलपुर नगरपालिकामा व्यापक रुपमा भ्रस्टाचार बढेको पछि स्थानियहरुले आक्रोश व्यक्त गर्न थालेका छन । विकास अनुदान , कार्यालय सञ्चालन , संघीय सरकार , प्रदेश सरकार लगायत विद्यालय मा उपलब्ध गराइने खाजा भत्ता समेतमा अनियमिता बढेकोले स्थानीयहरु आक्रोशित भएका हुन ।
मौलपुर नगरपालिकाका प्रमुख नेकपाका प्रतिनिधि सभा सदस्य प्रभु साहको श्रीमती रीना साह रहेकि छीन । प्रदेश सरकार भ्रस्टाचारमा लुप्त भएको अभिव्यक्ति दिदै आएका सांसद साहको नगरपालिकामा नै भ्रस्टाचारको पोल खुल्न थालेका हुन ।
स्थानीय वड़ा नम्बर ६ पथरा बुधराममा रहेका श्री उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र प्राध्यानध्यापकले पोखरी ठेक्का र विद्यार्थीहरुलाई दिइने खाजा भत्तामा व्यापक रुपमा अनियमितता गरेको भन्दै स्थानियहरुले प्रध्यानाध्यापकलाइ ५ घण्टा सम्म कार्यकक्षमा थुने पछि भ्रस्टाचारको कुरा बाहिर आएको हो ।
व्यवस्थापन समितिका अध्यक्ष राम एकवाल प्रसाद जायसवाल र प्राध्यानध्यापकले मिलोमतों गरी पोखरी ठेक्काको १ करोड़ रकम अनियमिता गरेको स्थानीयहरुले आरोप लगाएका छन ।
विद्यालय व्यवस्थापन समितिको चयनको लागि भएको अभिभावक भेलामा जायसवालले दोस्रो पटक अध्यक्ष बन्न बल प्रयोग गर्दा विबाद उत्पन्न भएको थियो विबाद भएपछि स्थानीयहरुले परध्याबध्यापकलाइ बेलुकी ५ बजे देखि रति ९ बजे सम्म थुनेर राखेको स्थानीय लखीन्द्र यादवले बताएका छन ।
विद्यालयमा आउने खाजा भत्ता र पोखरिको रकमको लेखा जोखा मग्दा पनि जिम्मवार व्यक्तिले नदिएको यादवको भनाइ रहेको छ । जायसवालले पार्टीको बलले अध्यक्ष बनाउने धाकधम्की दिएपछि विबाद उत्पन्न भएको बुझिएको छ ।
सचेत युवाहरुको समूहले प्र अ र पूर्व अध्यक्ष जायसवालले विद्यार्थीको अभिभावकलाइ १५ रुपैया प्रति दिनको दरले जोडेर नगद दिने खाजा भत्ताको रकम अनियमितता गर्ने उदेश्यले बाल बालिकाहरु नराम्रो खाना खुवाएर रकम हिनमिना गरेको स्थानीय मनोज ठाकुरले आरोप लगाएका छ ।
स्थानीय युवाहरु विबेक यादव , रामप्रसाद यादव , जीतेन्द्र पासवान , किशुनी महतो , साहितका दर्जनौ युवाहरुको समूह प्राध्यानध्यापकलाइ थुनेर राखेका थिए ।