१८ मङ्सिर
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरको आयोजनामा स्थानीय तहका पदाधिकारीहरुका लागि साक्षर वर्ष २०७६ अवधारणा सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम रौतहट जिल्लाको सदरमुकाम गौर स्थित अगुवा स्रोत केन्द्रको सभाहलमा बुधवार संपन्न भएको छ ।
हामी सवैको प्रण , सार्वजानिक शिक्षा प्रणालीको सावलीकरण मुलनाराको साथ देश व्यापी रुपमा सञ्चालन रहेको साक्षर नेपाल अभियानको सफलताको लागि दवाव सृजना गर्ने उदेश्यले शिक्षा विकास तथा समन्वय इकाई रौतहटको संयोजनमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय तहका नगर उपप्रमुखहरुलाई साक्षरताको जिम्मेवारी दिनु पर्ने बताएका छन ।
रौतहटमा निर्वा्चित जनप्रतिनिधिहरु विचमा बढ़ी मतभेद देखिएको बताउँदै तीन चार नगरपालिकाको नगर उपप्रमुखको समस्या सुन्दै आएकोले यो अभियानको जिम्मेवारी उपप्रमुखलाइ दिए अभियान सफल हुने उहाले बताए ।
निरक्षरता उन्मूलन गर्नु पर्ने नेपाल सरकारको उदेश्यलाइ सवैले मिलेर सफल बनाउनु पर्ने जोड़ दिदै प्रमुख जिल्ला अधिकारी थापाले उपप्रमुखहरु महिला रहेको र महिलाहरु बढ़ी निरक्षर भएकोले उपमेयरलाइ जिम्मेवारी दिए महिलाहरुलाई जानकारी दिन सहज हुने धारणा राखे । प्रदेश शिक्षा निर्देशनालयका उपसचिव दानीकान्त झाले साक्षर भएकालाइ ल्याप्चे छाप नलगाउन आग्रह गरे ।
शाक्षर अभियानमा सामुदायिक अध्ययन केन्द्रहरुको भूमिका निर्बाह गर्नु पर्ने बताउँदै सवै सरोकारवालालाइ अगाडी आउनु पर्ने एकमात्र विकल्प रहेको बताए । उनले निरक्षरहरुलाइ साक्षर बन्नू पर्ने बातावरण सृजना गर्नु पर्ने जोड़ दिए । कार्यक्रममा यसै बर्षको अन्त्य सम्म नेपाललाइ साक्षर घोषणा गर्नु पर्ने सरकारको लक्ष्य रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षा विभागका निर्देशक दिनेश घिमिरेले बताए ।
यमुनामाई गाउँपालिकाका अध्यक्ष श्री प्रकाश मुखियाले केहि शिक्षकहरुको कारण रौतहटका शिक्षाका अवस्था धराशाही भई रहेको आरोप लगाए । उहाले रौतहटको शिक्षाको अवस्था दयनीय हुनु पर्नेको जिम्मेवारी पूर्व प्रधानमंत्री माधव कुमार नेपाललाइ बढ़ी लिनु पर्ने बताए ।
संघीय सांसद, प्रदेश सांसद लगायत स्थानीय तहका प्रमुख , शिक्षा संयोजक समेतले गम्भीर हुनु पर्ने तर्क गरे । अध्यक्ष मुखियाले रौतहटमा मुस्लिम समुदायको बसोबास बढ़ी भएकोले मदरसामा अध्यन गराउने उर्दू भाषाको साथ साथै अंग्रेजी ,नेपाली भाषाको लागू गराउन सरकारले ध्यान दिनु पर्ने बताए ।
कटहरिया नगरपालिकाका उपप्रमुख नूर जहा खातूनले स्थानीय तहका प्रमुखहरुको तानाशाही प्रवृतिले विकासमा असर पारेको टिपण्णी गरे । सरकारको रकम बढ़ी दुरूपयोग गर्नुमा नगर प्रमुखको सहभागिता रहेको उहाको भनाइ रहेको छ । कटहरिया नगरपालिकाका मेयर बाट बढ़ी पीडि़त भएकी नगर प्रमुख खातूनले इमान्दारिता पूर्वक जनताको लागि काम गर्नु पर्ने सुझाव दिए ।
जनता सित निर्वाचनको बेला गरिएको वाचा जीते पछि भूलने गरेको प्रवृतिले आगामी दिनमा जनताले हिसाव चुकता गरिने उल्लेख गरे । प्रदेश २ को एक वटा पनि जिल्ला साक्षर जिल्ला घोषणा नभएको छ । ७७ जिल्ला मध्ये ५१ जिल्ला साक्षर जिल्ला घोषणा भइसकेको छ भने २६ जिल्ला अझ घोषणा हुनु बाकी रहेको छ ।
नेपाल सरकारले घ वर्गमा परेका जिल्लाको प्रत्येक पालिकालाइ १४ लाखका दरले बजेट विनियोजन गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । नेपाल सरकारले त्यार गरेको अवधारणा अनुसार कार्यक्रम संचालन गर्नलाई स्थानीय तहका शिक्षा संयोजकहरुलाई निर्देशन दिइएको छ । घ समूहमा धनुषा , रौतहट , सर्लाही , सिरहा , सप्तरी , बारा, पर्सा , सोलुखुम्बू, हुम्ला र डोल्पा रहेका छन । ताप्लेजुङ्ग , सखुआसभा, महोतरी, कपिलवस्तु, बाके , काठमाडौ, काभ्रेपलान्चोक, साक्षर जिल्ला घोषणा हुन बाकी रहेको छ ।
पहाड़का जिल्लामा ५ लाख रकम विनियोजन गरिएको छ । १५ वर्ष देखि माथि उमेर समूहका लाइ साक्षर बनाउनु पर्ने छ । ९५ प्रतिसत साक्षर भए पछि साक्षर जिल्ला घोषणा गर्नु पर्ने निति लिइएको छ । साक्षर हुन १२ वटा सक्षमता सूचक पर गर्नु पर्ने हुन्छ । ५० प्रतिशत जवाव दिए साक्षर हुने अवधारणा पत्रमा उल्लेख गरिएको छ ।
जिल्ला समन्वय समितिका उपाध्यक्ष राम आसीस राय यादवले राजनितिकको कारण शिक्षाका अवस्था खस्केको दावी गरेका छन । वर्तमान अवस्थामा स्थानीय तहले शिक्षाको विकासमा उत्सुकता नदेखेको देखिएको बताउँदै शिक्षकहरु स्थानी सरकारको रवैयाले बढ़ी दुखित भएको बताए ।
काम गर्ने शिक्षकहरुलाई समयमा तलाव ,पाठ्यपुस्तकको रकम नदिने गरेकोले शिक्षकहरु पीडि़त भएको उहाको कथन रहेको छ । शिक्षा सित प्रत्यक्ष रहेको कार्यक्रममा १७ स्थानीय तहका प्रमुखहरु उपस्थित भएका थिएन ।
कार्यक्रममा उपप्रमुखहरु गौरी शंकर प्रसाद जैसवाल मौलापुर नगरपालिका , सिमल कुमारी साह माधव नारायण नगरपालिका , सुगान्धी देवी गिरी परोहा नगरपालिका लगायत विभिन्न पेशागत संघ सस्था , संचारकर्मीहरु सहभागी भएका थिए ।