२५ मङ्सिर
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराम स्थित श्री माध्यमिक विद्यालयका प्राध्यानध्यापक राजेन्द्र साहले विद्यार्थीहरुलाई दिइने दिवा खाजा भत्ताको रकममा अनियमितता गरेको भन्दै विद्यार्थी र अभिभावकहरुले विरोध प्रदर्शन गरेका छन ।
नेपाल सरकारले प्राथमिक तहमा अध्यन गर्ने बाल बालिकाहरुलाई उपस्थित भएको दिनकोलाइ १५ रुपैयाको दरले दिने भनी निर्देशन जारी गरेका छन । विद्यालयका प्राध्यानध्यापक साहले विद्यार्थीहरुलाई सरकारले प्रतिबन्ध लगाएका जंग फूड नै खाजामा दिदै आएको छ ।
विद्यालयमा भएको अनियमितता र विद्यालय व्यवस्थापन समिति गठनमा गरेको चलखेल प्रति आक्रोशित भएका अभिभावक विद्यार्थीहरुले बुधवार नारावाजी गर्दै नगरपालिकामा गएर प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहलाइ ज्ञापन पत्र समेत बुझाएका छन ।
विद्यालयमा व्यापक रुपमा अनियमितता गरेकोले कार्यवाही गर्नु पर्ने मांग गर्दै ज्ञापन पत्र बुझाएको समाजवादी युवा संघ प्रदेश २ का सदस्य लखिन्द्र प्रसाद यादवले बताएका छन । विद्यालयमा नियमित नआउने प्राध्यानध्यापक साहले विद्यार्थीहरुको अधिकार हनन गरेको आरोप समेत लगाएका छन ।
युवा नेता यादवले राजनितिकको आड़मा प्र अ साहले भ्रस्टाचार गर्दै आएको दावी समेत गरे । स्थानीय राम प्रसाद यादवले विद्यालयको नाउमा रहेको पोखरीको ठेक्काको रकम समेत अनियमिता गरेको आरोप लगाएका छन ।
उनले विद्यालय व्यवस्थापन समितिको अवधि समाप्त भएको ६ महीना वितिसक्दा समेत अहिले सम्म अभिभावक भेला नबोलाएको जनाए । गएको कार्तिक २९ गते अभिभावक भेला आव्हान गरेका प्र अ साहले मङ्सिर २५ गते सम्म भेला स्थगित गरेको थियो । २५ गते विद्यालय न आएर विना जानकारी अनुपस्थित भए पछि स्थानीय अभिभावकहरुले विरोध प्रदर्शन गरेका हुन ।
ज्ञापन पत्र बुझ्दै प्रमुख प्रसाशकीय अधिकृत साहले प्राध्यानध्यापक साहलाइ बोलाएर शोध पूछ गर्ने आश्वासन दिएको स्थानीय विबेक कुमार यादवले बताएका छन ।
विद्यालयमा छात्राहरुको लागि शौचालयको आभाव भएपनि प्र अ साह ले कुनै चासो लिएको देखिँदैन ।

प्र अ ले वड़ा अध्यक्ष सित लिए विदा

श्री माध्यमिक विद्यालय पथरा बुधरामका प्राध्यानध्यापक राजेन्द्र साहले वड़ा अध्यक्ष सित विदा लिने गरेको खुलासा भएको छ ।
बुधवार अभिभावकहरुले गरेको प्रदर्शनको क्रममा प्रमुख प्रसाशकीय अधिकृत सिकेन्द्र प्रसाद साहले फोन गर्दा प्र अ साह ले वड़ा अध्यक्ष उपेन्द्र प्रसाद जायसवाल सित विदा लिएर विधायल बाहिर गएको बताए पछि रहस्य खुलेको हो ! शिक्षा पेशामा कार्यरत रहेका प्राध्यानध्यापक साह लाइ विदा कार्यालय प्रमुख सित लिनु पर्ने समेत जानकारी नरहेको छ ।
निमित प्रमुख प्रसाशकीय अधिकृत सित विदा लिनु पर्नेमा वड़ा अध्यक्ष सित विदा लिएर विद्यालयमा अनुपस्थित हुने गरेको छ । विद्यालय स्थानीय सरकारको मातहतमा रहेकोले विद्यालयका प्राध्यानध्यापक विदा लिदा प्रमुख प्रसाशकीय अधिकृतलाइ जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ ।