रौतहट २२ पौष
गौर नगरपालिकाले नेपाल सरकारले समावेश नगरेका मातृभाषा बज्जिका भाषालाई विधुतीय अनलाइन फारममा समावेश गरेका छन । नेपाल सरकारको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अंतर्गतको पंजिकरण विभागमा नाम दर्ता फारममा सवै भाषा राखिए पनि समावेश नगरिएको बज्जिका भाषालाई गौर नगरपालिकाले समावेश गरेर भाषा सम्रक्षणको कार्यमा उदाहरणीय गरेको गरेको हो ।
मंगलवार गौर नगरपालिका आईटी औफीसर रौशन श्रीवास्तवको प्रयास र पत्रकार दिनेश संगमको सहयोगमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ख्भ्च्क्ए(ःक्ष्क् मा मतृभाषाको रुपमा बज्जिका समावेश गरेको हो । मुलुक संघीयतामा गइसकेको र तीन तहको सरकार स्थापना भएकोले आफ्नो भाषा ,संस्कृति , पहिचान , धरोहरको संरक्षण विकास गर्नु पर्ने कÞानूनी संवैधानिक अधिकार समेत रहेकोले आफ्नो मातृभाषालाइ कÞानूनी रुपमा कार्यान्वयनमा ल्याएर गौर नगरपालिकाले स्थानीय सरकारको दायित्व निर्वाह समेत गर्न सफल भएका छन ।
रौतहट, सर्लाही र बारा जिल्लाका बज्जिका भाषीहरुको नाम दर्तामा गराउँदा मातृभाषा बज्जिका रोज्न सक्ने भएको छ । यसले आगामी दिनमा हुने राष्ट्रिय जनगणनामा पनि भाषाको पहिचान हुने नगरप्रमुख अजय कुमार गुप्ताले विश्वास व्यक्त गरेका छन । मधेशको संस्कार , सत्कार , व्यव्हार ,पहिरन , लोप हुदै गएको संस्कृतिको विकास ,संरक्षण गर्नु पर्ने अन्य स्थानीय तहहरुलाई सुझाव समेत दिएका छन ।
प्रमुख गुप्ताले बज्जिका हाम्रो भाषा भएकोले त्यसलाई मातृभाषाको रुपमा रोज्न बञ्चित गराउनु अन्याय भएको बताउदै, तत्काल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ख्भ्च्क्ए(ःक्ष्क् गौर नगरपलिकाका आईटी औफीसर रौशन श्रीवास्तवले गराउन सफल भए जस्तै अन्य सवै सरकारले राखेका अनलाईन फारम हरुमा छनौट गर्न राखिएको भाषा सूचिमा मातृभाषा बज्जिकालाई समाहित गराउने आग्रह गरे ।
मातृभाषाको खण्डमा बज्जिका भाषाको कोड ( २४) रहेको आईटी औफिसर श्रीवास्तवले जानकरी गराउँदै आईटी अधिकृत श्रीवास्तवले रौतहट, सर्लाही र बारा जिल्ला लगायतका अन्य स्थानिय तहहरुमा ब्यक्तिगत घटना दर्ता गर्दा बज्जिका भाषा छनौट गर्न सवै वजिजका भाषीमा अनुरोध गरे ।
नेपालमा मात्र करिव २० लाख बज्जिका भाषी भए पनि सरकारको नीतिगत बेईमानीको कारण रौतहटमा मात्र सिमित रहेको छ तर अगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा वारा, रौतहट र सर्लाही जिल्ला बज्जिका भाषाहरुले आफ्नो मातृभाषाको रुपमा बज्जिकाबाट चिन्हाउने पक्का भएको छ । अहिले रौतहट, सर्लाही र बारा जिल्लामा बज्जिका विभिन्न कार्यक्रमहरु संचालन धमाधम भई रहेको छ ।