२७ मङ्सिर
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अंतर्गतको मौलापुर जति भौतिक पूर्वाधार सड़क निर्माण देखि भवन निर्माण सम्मको कार्यमा चर्चित छन उत्तिकै नै अधिकार दुरूपयोग , मानवाधिकार ,स्वतंत्रताको दमन र सरकारी रकम दुरूपयोगिताको क्षेत्रमा प्रसिद्द रहेका छन । क्षेत्रको प्रतिनिधि सभासदस्य प्रभु साहको प्रभुत्व रहेको उक्त क्षेत्रमा जनप्रतिनिधि निर्वा्चित भए पनि संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्ने अवस्था रहेको छैन ।
सांसद साहको श्रीमती रीना साह प्रमुख रहेको मौलापुर नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था निकै दयनीय रहेको छ । आफ्नो अनुकूल नचल्नेलाइ विभिन किसिमका मानसिक तनाव दिने कार्यले नेकपा बाहेकका पार्टीको निर्वाचित वड़ा अध्यक्ष ,सदस्य , आफ्नो कुरा राख्न सकने अवस्था समेत रहेको छैन ।
मौलापुर नगरपालिका वड़ा नम्बर ८ सोनरनियामा संचालित रहेको जनता माध्यमिक नमूना विद्यालयको शैक्षिक अवस्था निकै प्रभावित भए पनि नगरपालिकाले कुनै चासो नलिएको विद्यार्थीहरुको गुनासो रहेको छ । १ हजार ८ सय विद्यार्थी अध्यनरत रहेको विद्यालयमा निमावि र मावि तहमा ७ जना शिक्षक अध्यन अध्यापन गराई रहेका छन ।
शिशु कक्षामा २५ , पहिलो कक्षामा ९५ , दोस्रोमा १८८ , तेस्रो मा २२२ ,चौथोमा १९८ र पाँचौ कक्षामा १८० गरी जम्मा ९०८ विद्यार्थी रहेकोमा आधारभूत तहमा कार्यरत रहेको शिक्षक शिक्षिकाको संख्या ६ रहेको विद्यालयका सहायक प्राध्यानध्यापक दिनेश प्रसाद यादवले बताएका छन ।
नेपाल सरकारको शिक्षा नीतिमा तराईमा ५० जना विद्यार्थीको अनुपातमा १ जना शिक्षक हुनु पर्ने हुन्छ । शिक्षकको आभावको कारण एक जना शिक्षकलाइ ३० देखि ३२ घंटी सम्म कार्य गर्नु पर्ने बाध्यता रहेको सहायक प्राध्यानध्यापक यादवको भनाइ रहेको । उनले बढ़ी विद्यार्थी भएकोले अध्यापन गराउन कठिनाई भई रहेको बताए ।
मुलुक संघीयतामा गई सकेकोले विद्यालयको जिम्मेवारी स्थानीय तहमा रहेकोमा स्थानीय तह राजनितिक आड़मा विद्यार्थीहरुको भविष्य सित खेलबाड गरिरहेका छन । आधारभूत तह देखि उच्च शिक्षा सम्मको अध्यन अध्यापन हुने सो विद्यालयमा सेक्सन बनाउनु पर्ने अवस्य्क्ता रहेको जोड़ दिदै सहायक प्र अ यादवले सेकसन बनाउँदा शिक्षक कमी भैरहेको बताए ।
नया सत्र सञ्चालन भएको ८ महीना वितिसक्दा पनि पाठ्यपुस्तक वितरण हुन सकेको छैन । विद्यालयका प्राध्यानध्यापक राम एकवाल राय यादवले नगरपालिकालाइ विषयगत शिक्षक आपूर्ति गर्न पटक पटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेको आरोप लगाएका छन ।
विद्यालयको नाउमा रहेको जग्गा र पोखरिको आम्दानी नगरपालिकाले नै लिने गरेकोले निजी स्रोतबाट राखिएको शिक्षकलाइ समेत हटाउनु परेको गुनासो गरे । प्र अ यादवले शिक्षकको आभावको कारण पठन पाठन समेत प्रभावित भएको बताउँदै शिक्षक भर्ना गर्न खोज्दा नगरपालिकाले अवरोध सृजना समेत गरेको उल्लेख गरे ।
एसइइ परीक्षा नजिकदै गई रहेको बेला कक्षा दशमा ४ बटा विषयको पढाई शुरू नभएको विधार्थीहरुले बताएका छन । मावि तहमा सोसलको १ , अंग्रेजी को १ , गणितको १ , नेपालीको १ शिक्षक रहेका छन ! ८ वटा विषय अध्यन हुने निमावि तहमा सोसल विषय का १ , अंग्रेजी विषयका १ र विज्ञानं विषयका १ शिक्षक रहेका छन ।
कक्षा ११ र १२ मा अपुग रहेको २ शिक्षकको भर्ना खोलेको २ वर्ष वितिसक्दा पनि राजनितिक भाग बंडा नमिलेको कारण अहिले सम्म नियुक्ति गर्न न सकिएको बुझिएको छ । शिक्षक पूर्ति गर्न प्रक्रिया शुरू गर्ने वित्तिकै अखित्यार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिने गरेकोले बाधा उत्पन्न भैरहेको प्र अ यादवको भनाइ रहेको छ ।
बाटो घाटोंको विकास भन्दा बढ़ी महत्वपूर्ण विकास शिक्षा र स्वास्थ्य रहेको छ । बाटो निर्माण ग्यास वितरण गर्नमा बढ़ी ध्यान दिएका मौलापुर नगरपालिकालाइ विद्यालयमा शिक्षक आपूर्ति गर्ने विषयमा गंभीर हुनु पर्ने अवस्था रहेको छ ।