२७ मङ्सिर
रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ८ सोनरनियामा रहेका जनता माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत रहेका विद्यार्थीहरुले प्राध्यानध्यापक र नगरपालिकाले भविष्य सित खेलबाड गरिरहेको आरोप लगाएका छन । समयमा पाठ्यपुस्तक र विषयगत शिक्षक उपलब्ध नगरेको कारण पठन पाठन अवरोध भएको अध्यनरत विद्यार्थी सुरेश तिवारीले बताएका छन ।
आठ महीना वितिसक्दा पनि ४ बटा विषयको एउटा पाठ पनि शुरू हुन नसकेकोले परीक्षामा कसरी लेख्ने भनी चिन्ता व्यक्त गर्दै तिवारी ले जिम्मेवार नेता ,कर्मचारीले विद्यार्थीको भविष्य अंधकारमा धकेलन खोजेको आरोप लगाए । विद्यालय नमूना को रुपमा भए पचि अवस्था दयनीय रहेको सुनाए । ८ विषय अध्यन गर्ने पर्नेमा बैशाख देखि ४ वटा विषय अध्यन मात्र गर्न पाएको बताए ।
शिक्षक आपूर्ति गर्न नगरपालिकामा गुनासो गर्न जादा जेष्ठ महीना भित्र मा विषयगत शिक्षक पठाउने शिक्षा शाखाले आश्वासन दिए पनि अहिले सम्म शिक्षक नपठाएकोले जीवन सित खेलबाड गर्ने कार्य भैरहेको ठहर गरे । तिवारीले भने प्राध्यानध्यापकलाइ भन्दा जति शिक्षक छ त्यसै बाट अध्यन गराउने जवाव दिएको पछि नगरपालिकाले अवरोध गरेको बताउनु भयो ।
प्रैटिकलको सामग्री भएपनि शिक्षक नभएको अभ्यास गर्न नपाएको गुनासो पोखे । उनले अध्यन गर्न नपाएको विषयमा परीक्षामा के लेख्ने भनी चिन्ता सताएको जनाए । विद्यार्थीहरुलाई जीवन सित खेलवाड़ गर्ने कार्य बंद गरी समयमा विषयगत शिक्षक व्यवस्थापन गर्न सम्वन्धित निकाय सित मांग समेत गरे ।
विद्यालयमा छात्रा हरुको लागि छूटै शौचालयको व्यवस्था नरहेको छात्रा खुश्वु कुमारी यादवले बताए । महींवारी भएको बेला अपनाउनु पर्ने तथा लगाउनु पर्ने स्नेटरी पैड समेत विद्यालयले उपलब्ध नगरेकोले समस्या भएको सुनाए ।
नेपाल सरकारले कार्तिक १ गति देखि सवै सामुदायिक विद्यालयमा अनिवार्य रुपमा स्नेटरी पैड उपलब्ध गराउनु पर्ने निर्देशन दिए पनि सम्वन्धित विद्यालय प्रसाशन र स्थानीय तहले संवेदनशील विषयमा ध्यान दिन सकेको छैन । विद्यालयमा भएको शौचालय फोहर भएको र ढोका समेत नभएकोले प्रयोग गर्न सकिने अवस्था नरहेको बताइन ।
हामीहरुलाइ बाहिर जानू पर्ने बाध्यता रहेको बताउँदै उनले सरसफाई तीर ध्यान दिनु पर्ने जोड़ दिए । महिला माथि हिंसा भई रहेको घटनाले छात्राहरु त्रसित भएको अवस्थामा विद्यालयले कुनै उत्सुकता नदेखेको टिपण्णी गरे ।