१३ पौष
रौतहटमा चिसोको कारण जनजीवन कस्टकर बनेको छ । विगत एक हप्ता देखि घाम नलागेको र लगातार चल्दै गरेको पच्छिमी हावाको कारण बढेको कनकनाहटले सामान्य जनजीवनमा नकारात्मक प्रभाव परेको हो । ४ देखि १० सम्म अधिकतम तापक्रम रहेको रौतहटमा स्थानीयहरु प्रभावित भएका छन ।
विहान देखि हावा चल्ने गरेको , घाम पनि नलागेकोले जाड़ो बढेको छ । जाड़ो शीतलहरको कारण स्थानीय तहहरुले आ आफ्नो मातहतका सामुदायिक विद्यालयहरु बंद गरेका छन । निजी विद्यालयहरु सञ्चालनमा रहेको छन । आइतवार गौरमा तीन जना चिसोका शिकार भएका थिए तर गौर अस्पतालमा उपचार भए पछि स्वास्थ्य अवस्थामा सुधार भएको अस्पतालले जनाएको छ ।
मोटरसाइकल चलाउदै गर्दा एक जना युवक चिसो लागे पछि ढलेका थिए स्थानीयले लगेर उपचारको लागि गौर अस्पतालमा पुर्याएको थियो । बाक्लो कुहिरो हुसूको कारण विहान बेलुकी सवारी साधन चलाउन गार्हो भएको छ । शीतलहर बढे सँगै सदरमुकाम गौर स्थित सरकारी कार्यालयमा सेवाग्राहीहरुको संख्या न्यून देखिएको छ । घरबाट बाहिर निस्कने अवस्था समेत नरहेको स्थानीयहरुको भनाइ रहेको छ ।
चिसोबाट राहतको लागि स्थानीय तह गौर नगरपालिका , गढ़ीमाई नगर पालिका , राजदेवी नगरपालिका , ईशनाथ नगरपालिका , कटहरिया नगरपालिका , बौधिमाई नगरपालिका , दुर्गा भगवती गाउँपालिका ,माधवनरायण नगरपालिका लगायतका स्थानीय तहले सार्वजानिक स्थानमा आगे ताप्नलाइ दाउराको व्यवस्था समेत गरेका छन ।
उच्च चिसोको कारण बाली नाली हरु प्रभावित भएको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख जीतेन्द्र झा ले बताएका छन । उहाले चिसोले मौरीहरुको अवस्था खराव भएको छ ,बाहिर निस्कने नसक्ने भएकोले चरण गर्न अप्ठ्यारो भैरहेको बताए । गहुबाली , तेलहन बाली , तरकारी खेतीमा चिसोले असर परेको अधिकृत झाले बताए । चिसोले मानव लगायत पशु पंछी समेत प्रभावित भएको छ ।
बालबालिका बृद्ध बृद्धाहरु बढ़ी प्रभावित भएको पाइन्छ ! चिकित्सकहरुले चिसो मौसममा ज्वरो , रुघाखोकी , रक्तचाप , सर्दी ,जुकाम जस्तो रोगका विरामी बढ़न सकिने जनाएका छन । चिसो मौसममा न्यानो लुगा लगाउनु पर्ने , घर बाहिर सुरक्षित रुपमा निस्कनु पर्ने , तातो पानी खानु पर्ने , तातो ठाउमा बस्नु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ