१३ पौष
रौतहटको गौरमा रहेको जिल्ला अस्पतालमा चिकिस्तकको आभाव कायमै रहेको छ । अस्पताल विकास समिति गठन भए पछि केहि हद सम्म सुधार भए पनि चिकित्सक आपूर्ति हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको छ ।
जिल्ला अस्पतालमा पदस्थापन भएका ७ जना स्वास्थ्यकर्मीहरु अहिले सम्म हाजिर नभएको कारण सेवा प्रवाहमा समस्या भएको अस्पताल सञ्चालन समितिका अध्यक्ष शेख जमशैदले बताएका छन । पदस्थापन भएका चिकित्सकहरु बाटो मै अड्किएको छ । चिकिस्तकहरु सम्पर्क आउन सकेका छैन । प्रदेश सरकारका सामाजिक मंत्रालयलाइ ४ पटक तागेदा गरे पनि मंत्रालयले अहिले सम्म समस्या समाधान गर्न नसकेको गुनासो गरे ।
मेडिकल अधिकृत अदिलेश कुमार ठाकुर , कुंदन ठाकुर , अशोक कुमार मंडल , लैव टेक्नीशियन विश्वनाथ मंडल , स्टाफ नर्स दिल कुमारी रिमाल , रचना बोगटी कार्की , संगीता साहको गौर अस्पतालमा पदस्थापन भएको भए पनि हल सम्म सम्पर्कमा आऊंन नसकेको अध्यक्ष जमशैदले बताए ।
अस्पतालमा भिडिओ एक्सरे सेवा आज देखि शुरू भएको छ । विकास समितिका अध्यक्ष जमशैदले आइतवार सो को उदघाटन गरेका थिए ।