१ माघ
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रदेश २ सरकारको निर्णयको अवमूल्यन गर्दै बुधवार कार्यालय सञ्चालन गराएका छन ।
प्रदेश सरकारको वार्षिक सार्वजानिक विदा अनुसार माघे संक्रांति र माघ ५ गते बलिदानी दिवसको सार्वजानिक विदा घोषणा गरे पनि रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले मातहतका कार्यालय मालपोत , भूमि सुधार , र नापी कार्यालय खुल्ला गराएका थिए । यस अघि पनि प्रदेश सरकारले दिएको सार्वजानिक विदा प्रमुख जिल्ला अधिकारी थापाले मानेका थिएन ।
प्रदेश मातहतमा रहेका सवै सरकारी कार्यालय सरकारको निर्णय स्वीकारगरे पनि प्रमुख जिल्ला अधिकार थापा संघीय सरकारको निर्णय बाहेक अरु कसैको निर्णय नमान्ने भन्दै कार्यालय खोल्न लगाएका थिए । कार्यालय खुलाएपनि सेवाग्राही आएका थिएन । प्रमुख जिल्ला अधिकारी थापा एक्लै दिन भरी एक दुइ जना कर्मचारी लिएर बसेका देखिएको थियो ।
रौतहट जिल्ला अदालत , जिल्ला समन्वय समितिको कार्यालय , जिल्ला सिचाई कार्यालय , जिल्ला कृषि ज्ञान कार्यालय , जिल्ला पशु तथा भेटेनरी अस्पताल , नेपाल विधुत प्राधिकरण कार्यालय , नेपाल दूरसंचार कार्यालय लगायत वित्तीय संघ सस्था बैंकहरु बंद भए पनि जिल्ला प्रसाशन कार्यालय एक्लै खुल्ला रहेको थियो । पहिलाका प्रमुख जिल्ला अधिकारीले प्रदेश सरकारले विदा दीदा कार्यालय बन्द हुने गरेको स्थानीयहरुले बताएका छन ।
प््रामुख जिल्ला अधिकारीको रुपमा थापा आएपछि संघीय सरकारको सार्वजानिक विदा बाहेक प्रदेश सरकारको विदाका अवमूल्यन गर्दै कार्यालय खोलाउने गरेको छ । मुलुक संघीयतामा गए सकेको र देशमा तीन तहको सरकार कार्यान्वयनमा आइसके पनि प्रादेशिक सरकारको निर्णय नमान्नु भनी प्रादेशिक सरकारको खुल्ला रुपमा चुनौती दिनु नै हो ।
प्रमुख जिल्ला अधिकारी थापाले प्रदेश सरकार को ६ वटा सार्वजानिक विदा मात्र मान्नू पर्ने केंद्रीय सरकारको निर्देशन भएकोले ६ वटा विदा मानिसकेको बताए । ६ भन्दा बढ़ी विदा मानन बाध्यकारी नभएको उनको भनाइ रहेको छ । संघीय सरकारको मातहतमा रहेका कोष तथा लेखा नियंत्रण कार्यालय ,जिल्ला प्रहरी कार्यालय खुल्ला रहेको समेत उहाले बताए ।
स्मरण होस प्रमुख जिल्ला अधिकारी थापाको सरुवा भएको दिन आइतवार राति ८ बजेको समयमा जिल्ला कारागार कार्यालय गौरमा बंदी जीवन विताईरहेका अपहरण तथा शरीर बंधक एवं संगठित अपराधका आरोपित अशोक यादव फरार भएका थिए । आइतवार प्रमुख जिल्ला अधिकारी थापाको सरुवा त्रिभुवन अंतर्राष्ट्रीय विमानस्थलको अध्यागमन विभागमा सरुवा भएको सुचना सार्वजानिक भएको थियो ।