१६ फाल्गुन
सामुदायिक शक्ति रौतहटको आयोजनामा शुक्रवार सम्मानजनक जीवनयापनको लागि शिक्षा तथा जीविकोपार्जन सिप परियोजनाको जिल्ला स्तरीय परियोजना परिचयात्मक कार्यक्रम गौर नगरपालिका कार्यालयको सभाहलमा संपन्न भएको छ ।
जिल्लाको दुइ स्थानीय तह गौर नगरपालिका र राजदेवी नगरपालिकामा बालबालिकाको सिकाई स्तर अभिवृद्धि गर्नका लागि आधारभूत शिक्षाको सुनिशिचता एवं सिप तालिमको माध्यमबाट युवाहरुको दक्षता अभिबृद्धि गर्ने उदेश्यले परियोजना लागु गरिएको छ ।
वाल बालिकाको विद्यालयको विद्यालयमा पहुंच बृद्धि तथा निरंतरता कायम गर्ने र समुदायमा बंचितमा परेका युवाहरुको सम्मानजनक जीवनयापनमा पहुंच बढाउन क्षमता अभिबृद्धि गर्ने उदेश्यले आइडे इट एक्शनको सहयोगमा ४ वर्षको लागि परियोजना लागू भएको आयोजक सस्थाले जनाएको छ ।
सामुदायिक शक्तिका कार्यकारी निर्देशक मिथलेश झाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अजय कुमार गुप्ताले शिक्षाको विकासको लागि परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । वालबालिकाको आधारभूत शिक्षा बलियो नभए माध्यमिक र उच्च शिक्षा मजबूत नहुने जिकिर गरे ।
परियोजना दुवै स्थानीय तहको २० वटा प्राथमिक र आधारभूत विद्यालयमा लागू भएको छ । ६०० युवाहरुले सिप सिखेर र आया आर्जन गर्न सकने भएको छ । २०२० देखि २०२४ सम्म सञ्चालन हुने यस कार्यक्रमको स्वीकृत बजेट गुणस्तरीय शिक्षा तरफ १६ लाख ९० हजार ,जीविकोपार्जन तर्फ २३ लाख १२ हजार र प्रशासनिक खर्च ९ लाख ९४ हजार ५ सय रुपैया रहेको छ ।