१३ जेष्ठ
रौतहट जिल्लामा मंगलवार एकै दिन २२ जनामा कोरोना भाइरस कोभीड़ १९ को संक्रमण पुस्टि भएको छ । श्रम गर्न भारतको विभिन्न ठूला शहर गएकाहरु चोर बाटो भएर स्वदेश फर्किएको र सँगै कोभीड़ १९ को आयत गरेको हो ।
संक्रमण पुस्टि भएकाहरु आयाति रहेका छन । मंगलवार तीन स्थानीय तहमा नया संक्रमित व्यक्ति भेटिए सँगै जिल्लामा संक्रमितको संख्या ६९ पुगेको छ । राजदेवी नगरपालिकामा १ ,गौर नगरपालिकामा ८ जना नया संक्रमित थपिएको छ । दिल्ली ,मुंबई ,कलकत्ता ,गुजरात लगायतका ठाउबाट रौतहटमा आएकाहरु बढ़ी पोजेटिव भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
ईशनाथ नगरपालिका , राजपुर नगरपालिका , देवाही गोनाही नगरपालिका , बृन्दाबन नगरपालिकामा पहिला देखि पोजेटीभ भेटिए पनि गौर नगरपालिका र राजदेवी नगरपालिकामा नया संक्रमण देखिएको कारण संक्रमणको उच्च जोखिम बढेको छ ।
राजदेवी वड़ा नम्बर ६ का एक जना पुरुष व्यक्तिमा कोरोना पुस्टि भएको प्रदेश सरकारको सामाजिक विकास मंत्रालयले जानकारी गरेको छ । राजदेवी नगरपालिकाका स्वास्थ्य संयोजक सुबोध साहका अनुसार जेष्ठ १ गते लुकेर नेपाल प्रवेश गर्म खोजे पछि गस्तिमा रहेका सशस्त्र प्रहरीले नियंत्रणमा लिएर क्वारेंटाइनमा बसाएका थिए ।
संक्रमण पुस्टि भएका व्यक्ति रिपोर्ट आउनु पूर्व संध्यामा खानाको विषय लिएर क्वारेंटाइन भित्र विबाद हुदा त्यही भीड़मा सहभागी भएको बुझिएको छ । ५० सैयाको निर्माण गरिएको क्वारेंटाइनमा अहिले ८५ जनाको संख्यामा मानिसहरु बसेका छन । सुत्ने ,खाने व्यवस्था कमजोर रहेको भन्दै बसेकाहरु बेला बेलामा विरोध गर्दै आइरहेका छन ।
पुस्टि भएको जानकारी आउने वित्तिकै संक्रमित पुरुषलाइ छुट्टै व्यवस्थापन गरिएको संयोजक साहले जनाए । गौर नगरपालिकामा पुस्टि भएकाहरु भारतबाट आएको र क्वारेंटाइनमा नै बसेको रहेको छ ।
गौर नगरपालिका वड़ा नम्बर २ मा ३ , वड़ा नम्बर १ मा १ र वड़ा नम्बर ९,र ६ मा दुइ दुइ जना रहेको नगर स्वास्थ्य संयोजक दीनबंधु यादवले बताएका छन । आठ जना मध्ये ७ जना पुरुष र १ जना महिला रहेका छन । देवाही गोनाहीमा नया ६ जना पोजेटिव पुस्टि भएको छ । गरुडा नगरपालिकामा एक जना पोजेटीभ भेटिएको छ ।
यसै विच जिल्ला प्रशासन कार्यालयले जिल्लाको दुइ स्थानीय तहमा अर्को आदेश नभए सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । ईशनाथ नगरपालिका र राजपुर नगरपालिकामा निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना संक्रमणको संख्या दिन प्रति दिन थपिदै गइरहेकोले उच्च जोखिम बढेको छ ! बाजारमा अति आवश्यक सामग्रीको पसलहरु खुलने गरेको छ भने वित्तीय सस्थाहरु बंद गरिएको छ ।