३ श्रवण
विश्व हिन्दू परिसद नेपालले प्रधानमंत्रीको अभिव्यक्तिको विरुद्धमा रौतहटको विभिन्न ठाउमा प्रदर्शन गरेका छन । भगवान रामको जन्म भएको आयोध्या नेपालको पर्साको ठोरीमा रहेको भनी दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने , सनातन धर्म प्रतिको हस्तक्षेप बंद गर ,नेपाललाइ हिन्दू राष्ट्र घोषणा गर , नेपाल आमाको जय लगायतको नारा सहित परिषद्ले विरोध प्रदर्शन गरेको हो ।
गएको २९ गते प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा भारतमा रहेको अयोध्या नक्कली र ठोरीमा रहेको अयोध्या सक्कली भएको अभिव्यक्ति दिए पछि नेपाल र भारतमा तिव्र आलोचना हुन शुरु भएको छ ।
विश्व हिन्दू परिषद् नेपाल रौतहटको अगुवाईमा साधु संत ,हिन्दू धर्म प्रति आस्था विश्वास राख्ने हिन्दूहरुको सहभागितामा गौर स्थित शिवालय मंदिरबाट भगवा रंगको झण्डा र विभिन्न किसिमको नारा लेखिएको प्ले कार्ड सहित निस्केको विरोध जुलुस नगर परिक्रमा गर्दै जिल्ला भनसार कार्यालय अगाडी कोण सभामा परिणत भएका थिए ।
कोण सभामा सम्वोधन गर्दै अनुज झाले त्रेता युगको रामको जन्मको विषय लिएर प्रधानमंत्री केपी शर्मा ओलीको टिपण्णी हिन्दू धर्मको उपहास भएको आरोप लगाए । सनातन धर्म प्रति गरिएको अभद्र र तथ्यहीन आधारहीन टिपण्णी फिर्ता लिएर माफी माग्न आग्रह गर्दै अभिव्यक्ति सुधार नगर देश व्यापी आन्दोलनको शुरुवात हुने चेतावनी दिए ।
जय श्रीरामको नारा लगाउदै परिषद्को जिल्ला संयोजक आलोक पांडेयले प्रधानमंत्रीको अभिव्यक्तिले नेपालको विश्वमा नकारात्मक आलोचना भैरहेको बताएका छन । भगवान रामको जन्म भएको आयोध्या भारत मै रहेको विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख रहे तापनि प्रधानमंत्रीको गैर जिम्मेवारी पूर्ण अभिव्यक्तिले सदियौ देखिको धार्मिक सांस्कृतिक सम्वन्ध माथि प्रहार भएको टिपण्णी गरे ।
यस्तै हिन्दु परिषद्का समर्थकहरुले दुर्गाभगवती गाउँपालिका अंतर्गतको गंगापीपरा बाजार ,भलोहिया लगायतका ठाउमा प्रदर्शन समेत गरेका छन ।