२० श्रावण
रौतहट जिल्लामा पीसीआर मेशिन खरीद गर्नका लागि स्थानीय तहले पांच लाखको दरले आर्थिक सहयोग गर्ने भएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रत्येक स्थानीय तहबाट ५ लाखको दरले पीसीआर मेशिन जडान गर्नको लागि सहयोग लिने निर्णय भएको बैठकमा सहभागी गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमण दिन प्रति दिन बढ्दै गएकोमा स्वाव परिक्षणको लागि पीसीआर टेस्ट गर्ने मेशिन गौर मै व्यवस्थापन गर्न सवै १८ स्थानीय तहका सरकार प्रमुखले पांच पांच लाख आर्थिक सहयोग दिने प्रतिवद्धता जनाएको मेयर गुप्ताले जनाए ।
बैठकमा जिल्लाबाट प्रदेश सांसदमा निर्वाचित भएका १२ जना प्रदेश सांसदबाट ५ लाखको दरले ६० लाख तथा संघीय सांसदमा निर्वाचित भएका ४ जना बाट १० लाखको दरले ४० लाख रुपैया सहयोग गर्न आग्रह गर्ने निर्णय भएको जनता समाजवादी पार्टीका केंद्रीय सदस्य रेवन्त झाले बताएका छन ।
रौतहटको जनताको स्वास्थ्य प्रति गंभीर भएका जनप्रतिनिधिहरुले निर्धारण गरेका सो रकम समयमा उपलब्ध गए १९० लाख रुपैया होने छन । तर स्थानीय सरकारले सो रकम उपलब्ध गराउन सफल भएपनि प्रदेश र संघीय सांसदले सो रकम दिन सक्ने भनी आशंका रहेको छ । संघीय सांसद रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले तोकिएको रकम उपलब्ध गराउन सक्ने प्रवल सम्भावना रहेको छ भने हत्याको आरोपमा कारागारमा रहेका नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महमद आफताव आलमले तोकिएको रकम दिन असमर्थ हुने सम्भावना रहेका छन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद एवं पूर्व मंत्री अनिल कुमार झाले सो रकम दिन नसकिने सम्भावना रहेको छ भने कांग्रेसबाटनिर्वाचित भएका निर्वाचन क्षेत्र नम्बर ४ का देव तिमिलसेनाले तोकिएको रकम दिन सक्ने निश्चित भएको छ ।
रौतहटलाइ कोरोनाको उच्च जोखिमबाट जोगाउनको लागि स्थानीय सरकार प्रमुखले चालेको कदममा सहयात्रीको भूमिका निर्वाह गरेर प्रदेश सांसद र संघीय सांसदले पुण्यको भागी हुने उचित समय रहेको छ ।