राकेश यादव , १३ असोज
हिन्दूहरुको महान चाड दशै , विजयादशमी तथा तिहार पर्वलाइ लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सभ्य सुरक्षित तवरले चाडपर्व मनाउंन १६ बुँदे अनुरोध पत्र सार्वजानिक गरेका छन । चाड पर्वमा हुने अवांच्छित कार्यलाई निरुत्साहित गर्नका लागि सुरक्षित सतर्कता अपनों सवैमा अनुरोध गरेका हुन ।
प्रहरी कार्यालयले पर्वको बेला घरबाट बाहिर जादा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध समेत गरेका छन । पर्वमा फटका जुवा तास कौड़ा खेलेमा कार्यवाही समेत गर्ने चेतावनी दिएका छन । जुवा तास कौड़ाको कारण समाजमा झै झगड़ा हुने भएकोले प्रतिबन्ध लगाइएको प्रहरी निरीक्षक पपु नायकले बताएका छन !
प्रहरी निरीक्षक नायकका अनुसार प्रहरीले जारी गरेको अनुरोध पत्रमा आफ्नो संस्कृतिलाइ सभय तरीकाबाट मनाउदै विकृति विसंगतिलाइ अन्त्य गरौ , पर्वको समयमा चोरी ,डकैती ,लूटपाट हुन सकने सम्भावना बढ़ी हुने भएकोले आफु पनि सतर्कता अपनाउ र छिमेकीलाइ पनि सुरक्षित रहन सुझाव दिनु भनिएको छ ।
निषेधित मादक पदार्थ को विक्री वितरण सेवन न गरौ , फटका नपड्काउ , हो हल्ला गुंडागर्दी नगरौ कोही गरेको खण्डमा तुरुन्तै प्रहरीको पैसा नलाग्ने १०० नम्बरमा पÞmोन गारी जानकारी गराउनु , गाऊ घरमा कोही अपरिचित व्यक्ति आएको खण्डमा राम्ररी परिचय लिनु , घरमा बहुमूल्य बस्तु नगद गर गहना सक भर न राखौ , सवारी दुर्घटनाबाट बच्न ट्राफिक नियमको पालन गरौ जस्ता आग्रह गरिएको छ ।
प्रहरी निरीक्षक नायकले विगतको वर्षहरुमा पर्वको समयमा बढ़ी सवारी दुर्घटना ,लूटपाट ,चोरीको घटना भएको स्मरण गर्दै यस वर्षमा यस्तो घटना हुन नदिन प्रहरी चनाखो भई स्टैंडमा बसेको बताए । जिल्लाको विभिन्न ठाउमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको बताए । सादा पोषाकमा पनि मेला आयोजना हुने ठाउहरुमा प्रहरी खटाइएको उनको कथन रहेको छ ।
जनताको व्यपारिको ,यात्रुको सुरक्षाको विषयमा प्रहरी गंभीर रहेको प्रहरी निरीक्षक नायकले बताए । सिमा सुरक्षाको विषय चुनौती रहेकोले चाड पर्वको बेला प्रहरी संवेदनशील रहेको दावी गर्दै प्रहरी निरीक्षक कलाबाजी ,ठगी कार्यलाइ नजिकबाट नियाली रहेको जनाए ।