३ असोज
नेपालको संविधान २०७२ प्रति असंतुष्ट रहेका मधेश केन्द्रित दल जनता समाजवादी पार्टीका कार्यकर्त्ताहरुले संविधान दिवसको अवसरमा रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन ।
मुलुकमा संघीय लोकतंत्रको स्थापना पछि जारी हुन लागेको नया संविधानमा मुलुकमा बसोवास गर्ने दलित ,जनजाति ,थारू ,मुस्लिम ,मधेशी , महिला ,अपांग , अल्पसंख्यक समुदाय , पिछिडिएको बर्ग समुदाय ,सिमान्तकृत वर्ग , बंचितिकरणमा पारिएका समुदायको हकÞ हित अधिकार समावेश गर्नु पर्ने मांग गर्दै लामो समय समय सम्म संघर्ष गरेका मधेशी दलको मांग ,भावना विपरीत बलपूर्व जारी गरिएको संविधानमा अपनत्व नदेखिएको भन्दै संविधान दिवस नमनाउने केंद्रीय कार्य समितिको निर्णय अनुसार जसपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको हो ।
२०७२ साल आषाढ़ महीना देखि नेपाल सरकारको विरुद्ध मा संघर्षमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ६ महीना लामो संघर्ष गर्दा पनि शासक वर्गका नेतृत्वको सरकारले अधिकारको लागि सडकमा उत्रेका मधेशी ,जनजाति ,आदिवासी ,थारू ,मुस्लिम माथि दमन गर्दै २०७२ साल आसोज ३ गतेका दिन नया संविधान जारी गरेको थियो ।
आफ्नो मौलिक हकÞलाइ नया संविधानमा लिपिवद्ध गर्नको लागि आवाज उठाएका मधेशी जनतालाइ टाउको र छातीमा गोली हानि बन्दुकको भरमा ल्याइएको संविधान सवैको अपनत्व हुने गरी संसोधन नगर सम्म स्वीकार्य नहुने र जारी गरिएको दिनलाइ कालो दिनको रुपमा मनाउदै जाने अड़ान लिएका मधेशवादी दलका नेताहरुले कालो दिन मनाएका छन ।
जनता समाजवादी जिल्ला कार्य समिति रौतहटको आयोजनामा गौर स्थित मधेशी क्रान्ति चौकबाट विभेदकारी संविधान गर ,आसीन ३ गते कालो दिन लगायतका नारा लेखिएका बैनर र कालो झण्डा सहित निस्केका विरोध रैली सरकारका विरुद्ध चर्को नारावाजी गर्दै नगर परिक्रमा गरी पुनः मधेशी क्रान्ति चौकमा कोण सभामा परिणत भएका थिए ।
सभामा सम्वोधन गर्दै जसपाका केंद्रीय सदस्य रेवंत झाले बल पूर्वक नेपालका आधी जन आवादी भएका मधेशी समुदायका वर्गको अधिकार वाट बंचित गरी ल्याइएको संविधान संशोधन नगर सम्म कुनै पनि हालतमा स्वीकार्य गर्न नसकिने बताए ।
मधेशी जनतालाइ दमन शोषण गरी संविधान जारी गरिएको दिनलाइ आंदोलनरत मधेशी जनताले कालो दिन मनाउदै जाने प्रस्ट गरे । नेता झाले खसवादी शासक बर्ग गर्दै आएको दमन शोषणको विरुद्धमा जारी रहेको संघर्ष संविधान संशोधन नगरिए सम्म संविधान दिवस नमनाउने बताए ।
कोण सभामा जनता समाजवादी पार्टीका नेता अनिल कुमार सिंहले संविधान मधेशी विरोधी रहेको दावी गरे । मधेशी जनताको हकÞ अधिकार समावेश नगरी संविधान बनाइएकोले कुनै पनि हालतमा स्वीकार्य नहुने जिकिर समेत गरे । नेकपा नेतृत्वको सरकारले संविधान विपरीत कार्य गर्दै आएको आरोप समेत लगाए ! हालैमा जनताबाट अस्वीकृत गरिएका व्यक्ति बामदेव गौतमलाइ राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरी वाम नेतृत्वका सरकारले संविधान र जनमतको खिल्ली उडाएको भन्दै चर्को आलोचना गरे ।
विरोध प्रदर्शन कार्यक्रममा जनता समाजवादीका जिल्ला इंचार्ज बृज किशोर यादव , श्याम विहारी यादव , माधव नारायण नगरपालिकाका मेयर वीरेन्द्र यादव , महिला नेत्री गीता देवी कुशवाहा , विद्यार्थी नेता भाई ओम प्रकाश साह मधेशिया लगायतका दर्जनौ नेता कार्यकता सहभागी भएका थिए ।