२४ भाद्र
इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रहरी हिरासतमा रहेका युवक विजय राम चमारको हत्या गरेको आरोपमा बुधवार जाहेरी दर्ता भएको छ ।
निरंजन राम ,विजय राम हत्याकाण्ड संघर्ष समितिले पटक पटक जाहेरी दर्ता गर्नको लागि जिल्ला प्रहरी कार्यालयमा धाउदा पनि दर्ता गर्न इन्कार गरे पछि आंन्दोलनरत रहेका संघर्ष समितिले घटना भएको १५ औ दिन जिल्ला सरकारी वकील कार्यालय रौतहटमा ६ जना विरुद्ध जाहेरी दर्ता गरेका हुन ।
अनुसन्धानको लागि हिरासतमा रहेका विजय रामलाइ प्रहरीले दिएको चरम यातना पछि गएको १० गते राति १२ बजेको समयमा उपचारको क्रममा भएको मृत्युको दोषी भनिएका जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी उपरीक्षक रविराज खडका ,इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो , क्राइम क्षेत्रमा कार्यरत रहेका निलंवित प्रहरी निरीक्षक नविन कुमार सिंह , प्रहरी नायव निरीक्षक वीरेन्द्र प्रसाद यादव , प्रहरी हबल्दार द्वय हीरोज मिया धुनिया र मुन्ना सिंह विरुद्ध जिल्ला सरकारी वकील कार्यालयले जाहेरी दर्ता गरेको संघर्ष समितिले पत्रकार सम्मलेन गरेर जानकारी गराएका छन ।
जाहेरी दर्ता गर्नु पर्ने मांग राख्दै संघर्ष समितिले मंगलवार जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रसाशन कार्यालय र जिल्ला सरकारी वकील कार्यालय घेराउ गरी गरेको प्रदर्शन पश्चात् जाहेरी दर्ता भएको दलित अगुवा एवं जनता समाजवादी पार्टीका नेता राज कुमार दासले बताएका छन ।
जिल्ला सरकारी वकीललाइ जाहेरी दर्ता गरेकोमा धन्यवाद दिदै नेता दासले भने पीडि़तले न्याय पाउने आशा पलाएको छ । संघर्षको कार्यक्रम स्थगित हुने की जारी रहने प्रश्नको जवावमा युवा नेता दासले यस विषयमा संघर्ष समितिको बैठकले निर्णय लिने जनाए ।
गएको साउन ३१ गतेका दिन घाटी रेती हत्या गरिएको रौतहटको गरुडा नगरपालिका वड़ा नम्बर ८ बसविटी जिगाडि़याका २० वर्षीय निरंजन रामको हत्याको अभियोगमा पक्राउ परेका ७ जना मध्ये प्रहरीको कुटपिटबाट मृत्यु भएको विजय रामको परिवारलाइ राज्यले क्षतिपूर्ति दिनु पर्ने , दोषी प्रहरीलाइ तत्कालीन निलंबन गरी अनुसन्धानको लागि हिरासतमा राख्नु पर्ने मांग अहिले पूरा हुन बाकि नै रहेकोले संघर्षको कार्यक्रम सञ्चालन नै रहने संकेत गर्दै मृतक रामको शव दाह संस्कारको लागि जिम्मा लिने विषयमा अहिले भन्न नसकिने प्रस्ट परे ।
वार्ता टोलीका सदस्य समेत रहेका दलित अगुवा धर्मेन्द्र पासवानले जाहेरी दर्ता भएको भन्दै कार्यवाहीको प्रक्रियाको पर्खाइमा ध्यान केंद्रित रहेको बताएका छन । दलित माथि गरिएको हिंसा हत्या दमन राज्यले अभिलम्ब रोकिनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । पीडि़त परिवारले न्याय पाउनु पर्ने र दोषीले सजाय भोग्नु पर्ने धरना राख्दै पासवानले भने अहिले पीडि़तले न्याय पाएको अवस्था नरहेको जिकिर गरे ।
निरंजन रामको हत्याको आरोपमा पक्राउ परेका मध्ये ४ जना निर्दोष रहेकोले अभिलम्ब रिहा गर्नु पर्ने मांग गर्दै प्रहरी हिरासतमा विजय राम सँगै चरम यातनाका शिकार भएका सिकन्दर पासवानको अवस्था गंभीर भएको र प्रहरीले त्यसको अवस्था बारे सार्वजानिक समेत नगरेको आरोप लगाए ।
प्रहरीले कुटपिट गरी घाइते बनाएका पासवानलाइ कोरोना पोजेटिव भएको भन्दै उपचार भैरहेको जानकारी दिए पनि त्यसको वास्तविकता लुकाउने कार्य प्रहरीले गर्दै आएकोले अवस्था सार्वजानिक गर्न समेत मांग गरेका छन ।
प्रहरी निरीक्षक सहित तीन जना प्रहरी कर्मचारी निलम्वन गरिए पनि प्रहरी उपरीक्षक खडका , प्रहरी नायव उपरीक्षक महतो र प्रहरी नायव निरीक्षक वीरेन्द्र यादवलाइ राज्यले निलंबन नगरिएकोले तत्काल निलंबन गरिनु पर्ने संघर्ष समितिका मटुक पासवानको भनाइ रहेको छ ।