रौतहट ।। रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख अनिल कुमार झाले विबादित अभिव्यक्ति दिएका छन ! जनता समाजवादी पार्टीले बड़ा दशै ,शुभ दीपावली तथा छठ पर्वको अवसरमा रौतहटको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ मा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै पूर्व मन्त्री झाले संघीय सांसदले नगरपालिका र गाउँपालिकाको खातामा पठाउने विकास निर्माणको रकम स्थानीय तहका मेयरको बाउको सम्पति नरहेको भनी नकारात्मक टिपण्णी गरेका छन !
कार्यक्रममा सम्वोधन गर्दै सांसद झा ले श्रम गर्न बेदेशीएका युवाहरुको श्रीमती प्रति आपत्ति जनक शव्द समेत प्रयोग गरेका हुन ! उहाले भने जसरी विदेश कमाउन गएका युवा पुरुषले कमाएर रकम घरमा पठाउदा श्रीमती फ़िल्म हेर्दा हेर्दै पैसा सकाएर पर पुरुष सित पोइल गई हाल्छ ! पहिलाको सांसद जस्तो अहिलेको सांसदको अधिकार नभएको जिकिर गर्दै पूर्व मन्त्री झाले स्थानीय सरकारलाइ पुल , नाला , सिचाई ,विद्यालय निर्माण , अस्पताल निर्माण लगायतका विकास निर्माणको कार्य गर्न संघीय सांसदले नगरपालिका र गाउँपालिकाको खातामा बजेट हाल्न लगाउछ तर मेयरहरुले सांसदले के दिए भनी प्रश्न उठाउने गर्ने भन्दै भने सांसदले केहि दिएन भने खातामा आएको रकम तपाईको बाउको हो !
निर्वाचित भएको तीन बर्ष वितिसक्दा पनि आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा ठोस योजना सञ्चालन गर्न नसकेका झा को स्थानीय जनताले आलोचना गर्न थालेपछि जनताको रिस मेयर र विदेश गएको पुरुषको श्रीमतीलाइ लक्षित गरी सधान गरेका छन ! रौतहटका स्थानीय तहहरुमा सांसदले बजेट पठाउने गरेको सांसद झा को कथन रहेका छन ! आफु बैदेशिक रोजगारमा रहेको र पठाएको पैसा श्रीमतीले सिनेमा हेर्नमा खर्च गरेको उदहारण प्रस्तुत गर्ने संकेत देखाएका सांसद झा को अभिव्यक्ति उल्टो परेका छन !
मेयरलाई विकास निर्माण देखि लिएर दैवी प्रकोपको बेला वितरण गर्ने राहत सामग्री खरीद गर्न तथा कोरोना महामारी नियंत्रण गर्नमा समेत केंद्रीय सरकारमा प्रतिनिधित्व गर्ने संघीय सांसदको देन रहेको उहाको तर्क रहेको छ ! पैसा पठाएपनि स्थानीय सरकारका मेयरहरुले संघीय सरकार ,सांसदले केहि नदिएको भनी गुनासो गर्दै आएकोले आक्रोशित हुदै सांसद झा ले मेयर प्रति यस्तो आपत्ति जनक शव्द प्रयोग गरेका हुन !
सो कार्यक्रममा राज्य मन्त्री योगेन्द्र राय यादव प्रति लक्षित गर्दै पूर्व मन्त्री झा ले भने राज्य मन्त्रीको हैसियत के छ ,कसैले आफ्नो औकाद मा बसेर कुरा गर्नु पर्छ ! नेता झा ले भने राज्य मन्त्री मेरो श्रीमती भए पनि झण्डा हल्लाउने सम्मको अधिकार मात्रै रहेको छ ! स्थानीय जनताले सिचाईको विषयमा प्रश्न गर्दा भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले मेरो अधिकार भित्रको विषय नभई भौतिक पूर्वाधार योजना मंत्रालय अंतर्गतको विषय बस्तु रहेको र यसको राज्य मन्त्री पूर्व उद्योग मन्त्री झा को पत्नी रहेको भने पछि सांसद झा राज्य मन्त्री यादव प्रति तातिएका थिए !
स्थानीय तहमा आउने बजेट मेयरको बाउ को नभई पठाउने सांसदको बाउको रहेको सांसद झा को कथन रहेको छ ! आफ्नो संसदीय क्षेत्र विकास कार्यक्रमको निमित पाउने रकम एकात्मक शासन प्रणाली जस्तो आफ्नो निजी कम्पनी अनिल डिम्पल फाउंडेशनमा खर्च गर्ने सांसद झा ले मेयर प्रति प्रयोग गर्नु भएको अपशव्द शोभनीय नभएको भन्दै तीव्र रुपमा आलोचना भैरहेको छ !
कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले मेयर प्रति सांसद झा ले प्रयोग गर्नुभएको आपत्तिजनक शव्द गैर राजनितिक संस्कारको नमूना भएको प्रतिक्रिया दिएका छन ! मेयर कुश्वाहाले उच्च स्तरीय नेता भएर यस्तो नीच शव्द प्रयोग गर्नु निंदनीय रहेको छ उनले भने मेयर र महिला प्रति गरेको नकारात्मक टिपण्णी अभिलम्ब फिरता लिनु पर्छ !
जनताबाट निर्वाचित भएका जनप्रतिनिधि अर्को निर्वाचित जनप्रतिनिधि प्रति घटिया शव्द प्रयोग गर्नु राजनितिक संस्कार हीनताको परिचय दिनु हो ! नगरपालिका र गाउँपालिकाका नगर प्रमुख ,अध्यक्ष प्रति लक्षित गरी दिएको अभिव्यक्ति तुरन्त सुधार गर्नु पर्ने नेपाल नगरपलिका संघ प्रदेश २ का अध्यक्ष एवं परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलले बताउनु भएको छ !
नगर प्रमुख वकील ले सांसद झा ले मेयर र मधेशी महिलाको चरित्र हत्या गर्ने उदेश्यले दिएको अभिव्यक्ति सच्चियाएर माफी माग्नु पर्ने बताए ! राजनितिक सस्कार गुमाएका सांसद झा को अभिव्यक्तिले सांसद जस्तो गरिमामय पदको खिल्ली उडाएको भन्दै टिपण्णी गरेका छन ! पूर्व मन्त्री झा को अभिव्यक्ति प्रति महिलाहरुले पनि आक्रोश व्यक्त गरेका छन !