१६ पौष
विदेशी पर्यटकलाई स्वागत गर्दै रौतहटमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । नेपाल सरकार ले घोषणा गरेको नेपाल भ्रमण वर्षको तयारी रौतहटमा फितलो भए पनि औपचारिक रुपमा कार्यक्रम आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।
पर्यटकको सत्कार , नेपाली संस्कार मूल नारको साथ नेपाल भ्रमण वर्ष समन्वय समिति रौतहटले आयोजना गरेको प्रभात फेरी नगरपरिक्रमा गर्दै नेपाल भारत सिमाको मुख्य प्रवेश नाकामा पुगेर विदेशबाट नेपाल प्रवेश गर्ने पर्यटकलाइ माला लगाएर स्वागत गर्दै भ्रमण बर्षको शुभारम्भ गरिएको थियो । प्रभात फेरीमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेनाको तोलीको साथै इंटरनेसनल बाल एकेडेमी इंग्लिश बोर्डिंग स्कुलका विद्यार्थीहरु सहभागी भएका थिए ।
प्रमुख जिल्ला अधिकारी किरण कुमार थापा माला लगाएर नेपाल भ्रमण गर्न आउनु पर्ने र पर्यटकीय स्थल हरुको अध्यन अवलोकन गर्नु पर्ने आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी थापाले रौतहटमा रहेका ऐतिहासिक स्थल , मठ ,मंदिर , खोला नाला , नदी ,ताल , तीर्थ स्थलहरु रहेको बताउँदै अझ त्यसलाई सौन्दर्यकरण गर्नुपर्ने जोड़ दिएका छन । अंग्रेजÞलाइ लखेटेको समनपुर पोखरीलाइ संरक्षण गर्नु पर्ने बताए ।
अग्रेज सितको लड़ाईको बेला प्रयोग भएको हाथ हतियारलाइ नेपाली सेनाले प्रदर्शनको लागि राख्न पत्राचार गरिएको जनाए । थापाले ईशनाथ महादेव मंदिर , दुर्गा मंदिर , राजदेवी मंदिर , बालेश्वर नाथ महादेव मंदिर , सिम्रौनगढ़को दरवार , कंकाली मंदिर भ्रमण गर्नु पर्ने ठाउ रहेको बताए ।
प्रदेश सरकारले प्रदेश भित्रका ऐतिहासिक धार्मिक स्थल ताल तलैयालाइ आकर्षक मनमोहक रुपमा सजाउनु पर्ने जिकिर गरे । मुलुकमा तीन तहको सरकार भएकोले स्थानीय सरकारले बढ़ी ध्यान दिनु पर्ने औल्याए । भारत विहार राज्यको विभिन्न ठाउबाट पर्यटक आउने मुख्य नाका गौर नै रहेकोले उतरी तीर मनोरम पहाड़ , झरना रहेकोले एक चोटी हेर्नु पर्ने आव्हान समेत गरे ।
जिल्लाको ऐतिहासिक ठाउको बारेमा बाल बालिकाहरुलाई जानकारी गराउनु पर्ने भन्दै जति बढ़ी पर्यटक आए आर्थिक उनती प्रगति हुने धरना राखे । पर्यटक सितको व्यव्हार बानी हाम्रो सत्कार पहिला देखिको प्रसिद्ध रहेकोले स्थानीय ,प्रहरी पत्रकार , होटल व्यवसायीहरुले पर्यटकहरुलाई बसने आग्रह गर्न आग्रह गरे ।
बढ़ी दिन बसेमा प्रदेश सरकारलाइ आमदनी हुने बताए । गौरको मुख्य नाकामा बनाइएको क्रांतिको प्रतिक क्रांतिद्वारलाइ सजाउनु पर्ने जरुरी छन । गौर नगरपालिकाले त्यस तीर बढ़ी ध्यान दिनु पर्ने हुन्छ