१७ कार्तिक
जनता समाजवादी पार्टीका केंद्रीय सदस्य रेवन्त झाले पार्टीका निर्वाचन विभाग प्रमुख तथा रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य अनिल कुमार झाले दिएको अभिव्यक्तिमा प्रयोग गरेको शव्दमा गंभीर त्रुटि भएको बताउनु भएको छ ।
पत्रकारहरु सित संक्षिप्त कुरा गर्दै नेता झा ले सम्वोधन गर्ने क्रममा सांसद झा ले शव्द चयन गर्ने भूल गरेकोले छिटै सच्चियाउनु पर्ने बताउनु भएको हो ।
कार्तिक ११ गते सांता समाजवादी पार्टी गाउपालिका स्तरीय कमिटीले यमुनामाई गाउँपालिकाको वड़ा नम्बर ३ मा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै नगरपालिका र गाउँपालिकाका प्रमुखलाइ बजेट बाउ को नभएको टिपण्णी गर्दै बैदेशिक रोजगारीमाले कमाएर पठाएको पैसा उहाको श्रीमती पिÞmल्म हेर्दा हेर्दै सकाएर पर पुरुष सित भागने गरेको उदहारण प्रस्तुत गरेपछि चौतर्फी रुपमा सांसद झा को कड़ा आलोचना भैरहेकोले पार्टीका नेता झा को यस्तो प्रतिक्रिया आएको हो ।
सांसद झा लाइ कार्यवाही गर्नु पर्ने र सांसद पदबाट राजीनामा समेत दिनु पर्ने मांग नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहट , अन्तर पार्टी महिला संजाल रौतहट , नेपाल पिछड़ावर्ग ओबोसी महासंघ , नेकपाका प्रतिनिधि सभा सदस्य श्रीमती रेखा देवी झा , शरला यादव समेतले विज्ञप्ति जारी गरी सकेको अवस्था रहेको छ ।
सम्वोधनमा प्रयोग गरिएको शव्द ,आश्यलाई लिएर तीब्र रुपमा आलोचना भैरहदा जनता समाजवादी पार्टीका केंद्रीय , प्रदेश स्तरीय ,जिल्ला स्तरीय तथा नगर स्तरीय नेता कार्यकर्त्ता चुप लागेर बसेको अवस्थामा पहिलो विचार राख्ने रेवन्त झा नेता नै हुन ।
उहाले कुनै पानी शीर्ष नेता लाइ सम्वोधन गर्दा कुन शव्द प्रयोग गरे भनी ध्यान दिनु पर्ने हुन्छ । मानव भएकोले त्रुटि हुनु सामान्य कुरा रहेता पनि समयमा भएको गलतीलाइ स्वीकार्य गर्दै सच्चियाउनु महानता हुने बताए ।
सम्वोधनमा प्रयोग भएका शव्दहरु निश्चित रूपले एउटा नेताले गर्नु पर्ने शव्द रहेको छैन भन्दै नेता झाले शव्द प्रयोग गर्दा खेरी निश्चित रूपले ध्यान पुर्याउनु पर्दछ । भावनाले मात्रै बोलेर हुदैन भावना अनुरूप बगेर पनि हुदैन शव्दको चयन राम्रो हुनु पर्दछ र आफ्नो भावनालाइ शव्द को रुपमा राख्नु पर्नेमा त्यसो नभएकोले त्रुटि भएको उल्लेख गरे ।
दिइएको अभिव्यक्ति उचित होइन त्यों सच्चियाउनु पर्छ र सच्चियाउने पक्ष मा समेत रहेको झा ले बताए । आफुले सुधार गर्न सांसद झा लाइ आग्रह गरेको छू तर यो कुरा लिएर जसरी विबाद उठाइएको हो त्यों पनि उचित नभएको ठहर गरे ।
भावनातमक रुपमा प्रति रक्षा गर्ने प्रयास गर्दै नेता झा ले यस अघि नेपालमा यस्ता खालका अभिव्यक्तिहरु थुप्रै आएको भएपनि तिनीहरुको विषयमा पत्रकार समुदाय बाट तथा अन्य समुदायबाट विबादित कुरो नआएको जिकिर समेत गरे ।